विपक्षीसँग निर्णायक वार्ता गर्ने कांग्रेस–एमालेको निश्कर्ष

175
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख (ओएनएस) : सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा सहमति निकाल्न अन्तिम पटक प्रयास गर्ने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकले संविधानसभाको प्रक्रिया अगाडी बढाउनुअघि एमाओवादी नेतृत्वको विपक्षी मोर्चासँग निर्णायक वार्ता गर्ने निश्कर्ष निकालेका हुन् ।

बैठकमा सहभागि एमाले नेता भीम रावलले दिएको जनाकारी अनुसार विवादित विषयमा फेरि एक पटक विपक्षी मोर्चासँग छलफल गर्ने निश्कर्ष निकालिएको छ ।

‘संविधानका विवादित विषयमा सहमति जुटाउन फेरि एकपटक विपक्षीसँग वार्ता गर्ने निश्कर्ष निकालेका छौ। ’ रावलले भने, ‘विवादित विषयमा विभिन्न प्रस्ताव पनि आएका छन्, एकपटक छलफल गरेर अघि बढ्ने कोशिस गर्छौ, सहमति नजुटे संविधानसभाको प्रक्रिया अघि बढाउने विकल्प बाँकी नै छ । ’

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुको सहभागिता थियो ।


  •  
  •  
  •