कांग्रेस–एमालेका पार्टी कार्यालय तोडफोड

122
  •  
  •  
  •  

NC-UMLबारा, १ फागुन (ओएनएस) : मालपोत थप्ने निर्णय विरुद्धका प्रदर्शनकारीले बाराको कलैंयास्थित कांग्रेस–एमालेका पार्टी कार्यालय तोडफेड गरेका छन् । बारा सदरमुकाम कलैयाबाट मालपोत कार्यालय विस्तार गरी सिमरामा पनि कार्यलय खोल्ने निर्णय विरुद्ध उत्रिएका प्रदर्शनकारीले कांग्रेस–एमालेका पार्टी कार्यालय तोडफाड गरेका हुन् ।

मालपोत कार्यालय थप्ने निर्णयको विरोधमा उत्रिएको उद्योग बाणिज्य संघले छ दिन अघि आन्दोलन घोषणा गरेको थियो । त्यसको समर्थनमा उत्रिएका प्रदर्शनकारीले आज सुरुमा कलैयास्थित एमाले पार्टीकार्यालय तोडफोड गरेर केही बेरमै नजिकै रहेको कांग्रेसको पार्टी कार्यालय पनि तोडफोड गरे । तोडफोड रोक्न पुगेको प्रहरीलाई प्रदर्शनकारीले प्रतिकार गर्दा केहीवेर झडप भयो । त्यस क्रममा प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गर्यो ।

उवासंघ बाराको आन्दोलनमा मधेसी दलका नेता कार्यकर्ता र लेखापढी व्यवसायीहरु सहभागि भए । उनीहरूले मालपोत विस्तारको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् ।  मालपोत विस्तारको निर्णयमा उद्योग वाणिंज्य संघ उत्रेपछि ६ दिनदेखि सदरमुकाम कलैया अस्तव्यस्त छ ।

त्यसका कारण दैनिक उपभोग्य समानका समेत अभाव हुँदा जनजिवन समेत प्रभावित भएको छ ।

प्रदर्शनकारीले आजै आन्दोनलको समाचारलाई मुख्य समाचार नबनाएको भन्दे कान्तिपुर दैनिकको गाडी तोडफोड गरिएका छन् ।


  •  
  •  
  •