प्रधानमन्त्रीलाई दवाव दिन कांग्रेस सभासद बालुवाटार जादै

158
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) : नेपाली कांग्रेसका असन्तुष्टि सभासदहरुल संघियताका विषयको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई दवाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पुगि उनीहरुले सात प्रदेशप्रति आपत्ति जनाउँदै फिर्ता लिन दवाव दिन लागेका हुन् ।  शनिबार भएको भेलाले गरेका चारवटा निणर्य बोकेर उनीहरु बालुवाटार पुग्न लागेका हुन् ।

सभासदहरुले पार्टीले मधेसलाई उपेक्षा गरेको अरोप लगाएका छन् । नवलपरासीमा बसेको महासमिति बैठकले पार्टीले नै पाहाडमा चार र तराईमा तीन प्रदेश पारित गरेको तर पार्टी नीति विपरित भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

सभासद फर्मुल्लाह मन्सुरको नेतृत्वमा उनीहरूले पार्टी नेतृत्वलाई दबाब दिने भन्दै भेला समेत आयोजना गरेका छन् । भेलाले प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालालाई सम्बोधन गर्दै चार बुँदे ध्यानाकर्षणपत्र समेत तयार गरेको छ । यसमा मोरङ कांग्रेसका सभापति अमृत अर्यालदेखि राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवसम्म रहेका छन् ।

उनीहरूले पूर्व झापादेखि पश्चिम कञ्चनपुसम्म, दक्षिण भारतीय सीमादेखि उत्तरको चुरेसम्मको भूगोल मधेस प्रदेशका रूपमा दाबी गरेका छन् । यद्यपि, तराईमा प्रदेशको संख्याभन्दा पनि स्रोतमा जोड दिएको भेलामा सहभागी नेता अमरेशकुमार सिंहले जानकारी दिए ।

साथै, मधेसका प्रदेशबाट तीन ठूला नदी सप्तकोशी, नारायणी र कर्णाली छुट्याउन नपाइने प्रमुख सर्त उनीहरूले राखेका छन् ।

pm

pm 2


  •  
  •  
  •