कांग्रेसद्वारा तीन वटा पूरक विधेयक दर्ता

195
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस(ओएनएस) : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयकमाथि संसदमा पुरक प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले संसद सचिवालयमा बिहिबार तीन वटा प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसका तर्फबाट फरमुल्लाह मन्सुर, विमलेन्द्र निधी र डा. मिनेन्द्र रिजालले फरक-फरक संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेस नेता विमलेन्द्र निधि र मिनेन्द्र रिजालले निर्वाचन क्षेत्र निर्धारणको सम्बन्धमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । निधिले दर्ता गरेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी प्रस्तावमा संविधानको धारा २८६ को उपधारा ५ लाई परिवर्तन गरी ‘जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरिएको छ भने रिजालले दर्ता गरेको प्रस्तावमा धारा २८६ को उपधारा ५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा धारा ८४ को उपधारा १ (क) को अधिनमा रही जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधिको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरिएको छ ।

यस्तै अर्का नेता फरमुल्लम मन्सुरले दर्ता गरेको प्रस्तावमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा हुने प्रतिनिधित्वको विषय रहेको छ । मन्सुरको प्रस्तावमा नेपालको धारा ४२ (१) लाई संशोशन गरी आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिबासी, जनजाति, मधेसी, थारु, मुश्लिम, अपाङ्गगता भएका व्यक्ति, पिछडिएका वर्ग, लैङ्गिक तथा यौंनिङ संख्या, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस, आर्यलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागि गराउन माग गरिएको छ ।


  •  
  •  
  •