कांग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा

168
  •  
  •  
  •  

Baluwatar-PMकाठमाडौं २६ मंसिर (ओएनएस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी क्रियाशील सदस्यता वितरण विधिको आज टुङ्गो लगाउने भएको छ । सदस्यहरुले विधानभन्दा गुटगत रुपमा भएको आरोप लगाएपछि आजको बैठकले त्यसमा छलफल केन्द्रित गर्नेछ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ । हिजो देखि सुरु भएको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गरेको एजेण्डामाथि छलफल हुनेछ । क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि केन्द्रले दोस्रोपटक थपेको समय सकिन केही दिन मात्र बाँकी रहँदा सदस्यहरुले महाधिवेशन लक्षित गरी आफ्नालाई मात्र सदस्यता बाँडेको आरोप लगाएका छन् ।

आगामी वर्ष असोजभित्र पार्टीको १३औं महाधिवेशन गरिसक्नुपर्ने भएपछि कांग्रेसले मंसिर १५ भित्र सदस्यता वितरण र नवीकरण गरी मसान्तभित्र केन्द्रमा पठाइसक्न परिपत्र गरेको थियो। तर, अहिलेसम्म कुनै पनि जिल्लाले सदस्यता फारम केन्द्र पठाएका छैनन । बैठकमा हचुवाको भरमा नगरपालिका घोषणा गरेको र निणर्य प्रक्रिया पारादर्शी नभएको भन्दै काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री सुशील कोइराला र मन्त्रीहरुको हिजो आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वमा रहेको पाँच सदस्यीय समितिले पार्टीको सात दशक लामो इतिहासमा पहिलोपटक केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्यसहित १ सय ८३ जनालाई कारबाही गरेको थियो । कारबाही फिर्ता लिन माग गर्दै उनीहरुले पार्टी कार्यालयमा अपिल गरेकामा जारी बैठकले अनुशासन समितिको निर्णयमाथि अन्तिम निर्णय लिनेछ । बैठकमा पर्याप्त गृहकार्य नगरी नगरपालिका घोषणा गरिएको नेताहरुको भनाइ थियो ।

पार्टीका सीमित नेता र मन्त्रीको सक्रि,यतामा संविधान निर्माण बरोको छलफल र सरकार सञ्चालन भएकोभन्दै आफूहरुले नेतृत्वको ध्यानाकर्षण गराएको नेता प्रकाससरण महतले जानकारी दिए । उनका अनुसार आज पार्टीको कार्यविधाजन, नेविसंघको विवाद, सरकार सन्चालनको समिक्षाका विषयमा छलफल हुनेछ ।


  •  
  •  
  •