सभाध्यक्षको प्रस्ताव सकारात्मक : काँग्रेस

316
  •  
  •  
  •  

Congress-flag_20100916083452काठमाडौं,  १८ पुस (ओएनएस) : नेपाली काँग्रेसले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बिहिबार राखेको प्रस्ताव  सकारात्मक भएको निश्कर्ष निकालेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले संविधान निर्माणको लागि सभाध्यक्ष नेम्वाङले चार दिनभित्र सहमति गर्न वा सहमति गर्न नसके संविधानको पहिलो मस्यौदा तयार गर्ने अधिकार दिन गरेको प्रस्ताव सकारात्मक भएको निश्कर्ष निकालेको हो ।

बैठकले संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पु-याउनको लागि उक्त प्रस्तावमाथि समर्थन गर्नको लागि तयार हुने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सभामुखको प्रस्ताव अनुसार ४ दिन भित्र विवादित विषयमा सहमतिको प्रसास गर्ने बताए । सहमतिको लागि आफुहरु लचिलो हुने र अन्य दललाई पनि लचकरुपमा प्रप्तुन हुन पौडेलले आग्रह गरे ।

संवाद समितिमा काँग्रेस–एमालेले प्रस्तु गरेको प्रस्तावमा लचकता उपनाउन काँग्रेस तयार रहेको पनि उनले बताए । दलहरुबीच सहमति हुन नसके सभाध्यक्षलाई अधिकार दिन सकिनेमा काँग्रेस एकमत भएको पौडेलले जानकारी दिए ।

अध्यक्ष नेम्वाङले कार्यतालिका अनुसार संविधान बनाउने प्रक्रियालाई छोट्याउन संविधानसभाका कार्यसञ्चालन नियमावली, २०७० को नियम १७० बमोजिम सभाध्यक्षको अधिकार प्रयोग गरी मस्यौदा तयारी र जनतामा पठाउने विषयसँग सम्बन्धित विभिन्न नियम निलम्बनको प्रस्ताव गरेका थिए ।

उनले छोटो समयमा संविधान जारी गर्दा आउने दोषलाई आफूले विष पिएसरह पचाउन पनि तयार भएको तर तोकिएको समयमै संविधान ल्याउन सो प्रस्ताव ल्याएको बताएका थिए ।

दलहरुबीच राज्य पुनर्सरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका बिषयमा विवाद बढ्दा संविधान तोकिएको मितिमा संविधान आउने संभावना कम छ ।


  •  
  •  
  •