संसदीय व्यवस्थाको विकलप् छैन : सुजाता

85
  •  
  •  
  •  

मोरङ, २५ भदौ :  नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले संसदीय व्यवस्थाको विकल्प खोज्न नहुने बताएकी छन् । उनले नेपालको सन्दर्भमा कार्यकारी प्रधानमन्त्रीसहितको संसदीय व्यवस्था नै उपयुक्त हुने बताइन् ।

नेपाल प्रेस युनियनले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले कोइरालाले नेपाली जनता निर्धारित मितिभित्रै संविधानको प्रतीक्षामा रहेकाले पार्टीले त्यतातिर पहल गर्नुपर्ने बताइन् । पार्टीमा छलफल गर्ने परिपाटी नभएकाले नेताहरुबीच गराइ र भनाइमा समस्या देखिएको बताउँदै छलफलको माध्यमबाटै समस्याको समाधान खोज्ने परिपाटी स्थापित गराउनुपर्नेमा जोड दिइन् । सविधान निर्माणमा पार्टी लचिलो हुनुपर्ने भन्दै उनले दलीय हठले समस्याको निकास नदिने बताइन् ।


  •  
  •  
  •