सरकार आफ्नै बोझले ढल्छ : कोइराला

139
  •  
  •  
  •  

कैलाली, २७(ओएनएस) : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार आफ्नै कारण ढल्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकार आफ्नै बोझका कारण ढल्ने दावी गरेका हुन् । उनले सरकारले आफ्नो भारी बोक्न नसकेपछि आफै ढल्ने कांग्रेस लाग्नु नपर्ने बताएका छन् । उनले कांग्रेस सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

उनले पार्टीभित्र रहेको ६०४० को भागबन्डालाई तोड्ने अभियानमा रहेको बताएका छन् । उनले कांग्रेसको आसन्न महाधिवेशन अहिलेसम्मकै उत्कृष्ट हुने दावी गरेका छन् ।

उनले महाधिवेशनको मुखमा आएर पार्टीको क्रियाशील सदस्यता फाराम वितरण गर्ने केन्द्रको कामले समस्या देखिएको बताए ।


  •  
  •  
  •