विकासका लागि आर्थिक र कृषि क्रान्ति : उपसभापति पौडेल

265
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही, २५ जेठ (ओएनएस):  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अवको दश वर्षलाई बिकासको युगका रुपमा लिएर कृषि तथा औद्योगिक बिकासमा लाग्नुपर्ने बताएका छन् ।

उनले मुलुकको आर्थिक अवस्था कमजोर भएका कारण मुलुकको बिकास हुन नसकेको औंल्याउँदै आर्थिक बिकासका लागि कृषि क्रान्ति तथा औद्योगिक क्रान्ति आवश्यक भएको बताएका हुन । अवको दश वर्षमा कृषि क्रान्ति तथा औद्योगिक क्रान्ति गरेर मुलुकलाई कायापलट गर्ने गरि नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सरकार अंगाडी बढेको उनले वताए  ।

२००७ सालमा नेपाली कांग्रेसले क्रान्ति गरेपनि दरवारीया र उग्रवादीहरुले प्राप्त प्रजातन्त्र(लोकतन्त्र) लाई सहज रुपमा स्वीकार्न नसक्दा मुलुकको प्रगति हुन नसकेको उनले औंल्याए । ‘लोकतन्त्र बलियो भयो भने हामी पनि बलियो हुन्छौं ।’ उनले भने, ‘लोकतन्त्र कमजोर हुँदा हामी पनि कमजोर हुने भएकाले यसलाई संरक्षण गर्ने कर्तव्य हामी सबैको हो ।’

नेपाल भुपु सैनिक संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रमलाई बोल्दै ०७ सालको क्रान्तिमा भूपू सैनिकहरुले सहयोग गरेकै कारण क्रान्ति सफल भएको औंल्याउँदै अवको आर्थिक क्रान्तिका लागि पनि सहयोग गर्न आग्रह गरे । उनले भूपू सैनिकका साझा समस्या नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सरकार समाधान गर्न तयार रहेको प्रष्ट पारे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले भूपू सैनिक र नेपाली कांग्रेसको सम्बन्ध अन्योन्यास्रित रहेको बताउँदै सम्बन्धलाई अझ संस्थागत रुपमा अंगाडी बढाउनु पर्ने धारणा राखे । कांग्रेसले ०७ सालमा गरेको क्रान्तिका समयमा कांग्रेसले बनाएको मुक्ति सेनामा भूपूहरु नै रहेको स्मरण गर्दै कांग्रेस नेता खाँणले भूपूहरुको सुबिधा बृद्धि र सहज रुपमा पेन्सन प्राप्तीका लागि क्याम्प बिस्तारमा कांग्रेस सकारात्मक भएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष खगेश्वर पुन, केन्द्रीय अध्यक्ष नारायण कोईराला, जिल्ला उपाध्यक्ष लालबहादुर भण्डारी लगायतले भूपू सैनिकका समस्या राख्दै त्यस्ता समस्यालाई राजनीतिक रुपमा समाधान खोज्न आग्रह गरेका थिए ।

यसैगरि नेता पौडेलले बुटवल वडा न १३ को देविनगर र बुद्धनगर जोड्ने पक्की पुल निमार्णका लागि नेपाली कांग्रेसका नेताहरुले आगामी बजेटमा कार्यक्रम समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेल र केन्द्रिय सदस्य बालकृष्ण खांणले सो क्षेत्रमा पक्की पुलको निकै आवश्यकता रहेको भन्दै जनताको माग अनुसार पुल निमार्णका लागि सम्पुर्ण रुपमा सहयोग गर्ने बताएका हुन् । बुटवल १३ हात्तीसुढमा आयोजिक कार्यक्रममा बोल्दै नेताद्धयले स्थानियकालागि पुर्वाधार निमार्णको दायित्व सरकारको भएको भन्दै पुल निमार्णका लागि सक्रिय हुन आग्रह समेत गरे ।


  •  
  •  
  •