यस्तो छ सुदूरपश्चिममा कांग्रेस अधिवेशनको हिसाबकिताब

5434
  •  
  •  
  •  

NC in Far Westधनगढी, २० माघ (ओएनएस) : नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि नगरमा भएको निर्वाचनमा सुदूरपश्चिम क्षेत्रमा देउवा पक्ष अगाडि देखिएको छ । सुदूरपश्चिमका २४ नगरपालिकाको अधिवेशनमध्ये १८ मा देउवा पक्ष र ६ मा संस्थापन पक्ष विजयी भएको छ ।

कैलालीका ६ मध्ये ४ नगरमा देउवा पक्ष
कैलालीका ६ मध्ये ४ नगरमा देउवा पक्ष विजयी भएको छ, भने २ नगरमा संस्थापन पक्ष । धनगढी नगर सभापतिमा नृप वड पूरै टिमसहित निर्विरोध चयन भएका छन् ।

टीकापुर नगर समितिको सभापतिमा धनराज उपाध्याय, अत्तरिया नगरपालिकामा देउवा पक्षकै हेमप्रकाश उप्रेती, घोडाघोडी नगरपालिकामा पनि देउवा पक्षको पूरै टिम विजयी भएको छ ओएनएस। अध्यक्षमा कमलराज चौधरी (कालीराम) विजयी भएका हुन् ।

त्यस्तै भजनी–त्रिशक्ति नगरपालिकामा संस्थापनका रुद्रप्रसाद जोशी, लम्की–चुहा नगरपालिकामा संस्थापन पक्षका रामबहादुर बिष्ट पूरै टिमसहित सभापतिमा विजयी भएका छन् ।

कञ्चनपुरमा ७ देउवा, १ संस्थापन
८ नगरपालिका रहेको कञ्चनपुरमा ७ नगर कार्यसमितिमा देउवा पक्ष विजयी भएको छ । भीमदत्त नगर कार्यसमितिको सभापतिमा पदमराज अवस्थी, दोधारा–चाँदनी नगर कार्यसमितको सभापतिमा अम्मर चन्द, कृष्णपुर नगर कार्यसमितिको सभापतिमा भक्तबहादुर खत्री, पुनर्वास नगरपालिको नगर सभापतिमा यमप्रसाद पौडेल, बेलौरी नगरपालिकाको नगर सभापतिमा रामलाल राना, झलारी–पिपलाडी नगरपालिकाको नगर सभापतिमा जयबहादुर विष्ट र बेतकोट हरिप्रसाद बोहरा विजयी भएका छन् ओएनएस। बेलडाँडी नगर सभापतिमा भने संस्थापन पक्षका हर्कदेव जोशी विजजी भएका छत् ।

पहाडमा मिश्रित

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उनकै अग्रता छ । डडेल्धुराका पर्शुराम नगर कार्यसमितिको सभापतिमा तारेसिंह बोहरा र अमरगढीको सभापतिमा दानबहादुर पाल विजयी भएका छन् ।

अछामका ३ वटै नगरपालिकामा देउवा पक्ष विजयी भएको छ । मंगलसेन नगरपालिकाका नगर सभापति पुष्प भण्डारी, कमल बजार नगरपालिकाबाट सर्प बिष्ट र साफेबगर नगरपालिकाबाट गोकुल भाट नगर सभापतिमा विजय भएका हुन् ।

डोटीको दिपायल–सिलगढी नगर सभापतिमा देउवा पक्षका गणेश मलासी चयन भएका छन् । बझाङको जयपृथ्वी नगर अधिवेशनबाट देउवा प्यानलका हिरेन्द्र छत्याल पूरै टिम सहित निर्वाचित भएका छन् ओएनएस। बाजुराको बडीमालिका नगर समितिको सभापतिमा संस्थापन पक्षका पदम बडुवाल चयन भएका छन् ।

बैतडीको दशरथ चन्द नगरपालिकामा संस्थापन र पाटनमा देउवा पक्ष विजयी भएको छ । दशरथमा संस्थापन पक्षका लालबहादुर चन्द तथा पाटनमा देउवा पक्षका सिद्धराज भट्ट सभापतिमा विजयी भएका हुन् ।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलाको अपी नगरपालिकामा संस्थापन पक्षका जयदेव जोशी विजयी भएका छन् ओएनएस। नगरका वडा र गाउँ अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सहितले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् ।

माघ १५ गते वडा र गाउँ कार्यसमितिको अधिवेशन भएको स्थानीय निर्वाचन माघ २५ गते जिल्ला अधिवेशन हुनेछ । कांग्रेसको महाधिवेशनमा आगामी फागुनको २० देखि २३ काठमाडौंमा हुँदैछ ।

Far west Congress

थप हेर्नुहोस् :

 

सुदूरपश्चिममा देउवाको हस्तक्षेपकारी अग्रता


  •  
  •  
  •