३० गतेबाट प्रक्रिया थाल्ने कांग्रेस-एमालेको तयारी

254
  •  
  •  
  •  

madhav kumar nepalकाठमाडौ, २६ चैत (ओएनएस) : प्रमुख सत्तासिन दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि नयाँ प्रस्ताव तयार पार्नका लागि बसेको बैठक सम्पन्न भएको छ ।

बालुवाटारमा बसेको बैठकले ३० गतेसम्म सहमतिका लागि अधिकतम प्रयास गर्ने र सहमति जुट्न नसके ३० गतेबाट प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको छ । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बीचको बाटो अपनाएर सहमतिमा पुग्नुपर्ने बताएका छन् । सहमति नहुँदा कसरी संविधान निर्माण प्रक्रियालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा छलफल भएको एक नेताले जनाएका छन् ।

विपक्षी दल एमाओवादीले नयाँ ठोस प्रस्ताव ल्याएमात्रै वार्तामा बस्ने अडान लिएपछि दुईदलको तर्फबाट साझा नयाँ प्रस्ताव ल्याउन उक्त बैठक बसेको हो । संघियतामा देखिएको विवादका विषयमा तीनवटा विकल्प अघि सारेर प्रस्ताव तयार गरिने एक नेताले जानकारी दिएपनि त्यस्को कुनै प्रस्ताव नआएको बैठकमा सहभागी एक नेताले जनाए ।


  •  
  •  
  •