एनसीसी बैंक बिरुद्ध फेरी मुद्दा, सेयर लगानीकर्ता समुहद्धारा मुद्दा

330
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको एक अर्ब ५० करोड ९६ लाख ३३ हजार रुपैयाँ घोटालाका कारण समस्यामा फसेको नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंकमा सीअार्इबीद्धारा ठगीकाे अनुसन्धान चलिरहेकाे बेलामा लगानीकर्ताले पनि साधारणसभा लगायत रकम माैज्दातकाे लेखाजाेखा हुनुपर्ने भन्दै उजुरी दर्ता गरेका छन्।

एनसीसी बैंकको ठूला संस्थापक सेयर लगानीकर्ता मध्येबाट एनबी समुहले बिशेष साधारण सभा गरी नयाँ सञ्चालक समिती गठन गर्नुुपर्ने माग सहित कम्पनी रजिष्टर्डको कार्यालयमा उजुरी दर्ता गरेको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तीय संंस्था सञ्चालन सम्वन्धी ऐन तथा कम्पनी ऐन अनुसार पनि चालुु आर्थिक बर्षको छ महिनासम्म अर्थात पुुस मसान्तसम्ममा गत आर्थिक बर्षको बार्षिक साधारण सभा सम्पन्न गरी लाभांस बितरण गरिसक्नुु पर्छ ।

तर बैंकले चालुु आर्थिक बर्षको झण्डै नौ महिना पुरा हुुन लाग्दा पनि गत आर्थिक बर्षको बार्षिक साधारण सभा गरेको छैन । साधारण सभा नहुुंदा बैकले लाभांस बितरण समेत गर्न पाएको छैन नयाँ सञ्चालक समिती समेत गठन हुुन सकेको छैन ।

यसले गर्दा बैंक समस्यामा पर्दे गएको एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले बिशेष साधारण सभाको माग गर्दे यही चैत १४ गते बुुधबार कम्पनी रजिष्टर्डको कार्यालमा उजुरी दर्ता गरेका हुुन ।

एनबी समुुहले नै यसअघि एनसीसी बैंक बिरुद्ध बिभिन्न बिषयमा उच्च अदालत पाटनमा समेत मुुद्धा दायर गरेको थियो । ती मध्ये अहिले पनि धेरै मुुद्धाहरु बिचाराधिन अवस्थामा रहेका छन् ।

गत साता मात्र केन्दिय अनुुसन्धान व्युरोले एनसीसीसंग गाभिएको तत्कालीन एपेक्समा भएको एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम घोटालामा एपेक्स तत्कालीन अध्यक्ष बिष्णुु प्रसाद धिताल सहित १८ जना व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।


  •  
  •  
  •