न्यायपरिषदमा खड्का सिफारिस

545
  •  
  •  
  •  

काठमाडौं । सरकारले न्यायपरिषदमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई सिफारिस गरेको छ। न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस हुने सदस्य पदमा महान्यायाधिवक्ता निराला सिफारिस भएका हुन् ।

मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ ।

सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यापरिषदबाट पदमप्रसाद वैदिकले राजीनामा दिएपछि सरकारले रिक्त पदमा निरालालाई सिफारिस गरेको हो । उनले कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएका थिए । तर न्यायपरिषदमै विवाद भएपछि उनी न्यायाधीश नियुक्त हुन सकेका छैनन् ।


  •  
  •  
  •