​नायक अनमोल केसीलाई भेट्न अाएका चार भारतीय किशोरीको उद्धार

393
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : ​नायक अनमोल केसीलाई भेट्न अाएका चार भारतीय किशोरीको माइती नेपालले उद्धार गरेकाे छ। घरबाट भागेर अाएका ती चार किशाेरी अलपत्र परेपछि माइती नेपालले उद्धार गरेकाे हाे।

नेपाली नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार भारतीय बालिका काठमाडौंमा भेटिएपछि अब भारतीयहरु पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्न थालेका छन् भन्ने कुराकाे पुष्टि हुन गएकाे छ ।

भारतबाट भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए।ती बालिलकाहरु भारतका कालिङपोङबाट भागेर अाएकाे बताइएकाे छ।

अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौं अाएपछि ती बालिकाहरु अलपत्र परेका हुन्।

भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए।

उनले भने,’ यसरी नेपालकाे कुनै कलाकारलार्इ भेट्न घरबाट भागेर नै अाउने भारतीयकाे बारेमा जानकारी बाहिरा अाउनु पहिलाे घटना हाे’

अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरीलगायतका चलचित्र चर्चित छन् । उनको पछिल्लो चलचित्र कृले नेपाली भाषीको बाहुल्यता रहेको भारतीय बजारमा पनि राम्रो बजार पाएको थियो ।


  •  
  •  
  •