नवनियुक्त पाँच न्यायाधीशलाई सर्वोच्चमा इजलास तोकियो

279
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पाँच न्यायाधीशलाई इजलास तोकेका छन् ।

आइतबार बिहान पद तथा गोपनीयताको शपथपछि जबराले न्यायाधीशहरुको पेसी तोकेका हुन् । पाँच न्यायाधीशलाई यसअघि कार्यरत सिनियर न्यायाधीशको नेतृत्वमा संयुक्त इजलासमा पेसी तोकिएको छ ।

नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मालाई दीपककुमार कार्कीसँग पेसी तोकिएको छ । पेसी तोकिएको १ नम्बर इजलासमा २५ मुद्दा छन् । यस्तै, न्यायाधीश हरि प्रसाद फुयाँललाई केदार चालिसेसँग पेसी तोकिएको छ । २ नम्बर इजलासमा तोकिएको पेसीमा ४२ मुद्दा छन् ।

न्यायाधीश मीरा खड्कासँग नवनियुक्त न्यायाधीश कुमार रेग्मीको पेसी तोकिएको छ ।  नवनियुक्त न्यायाधीश सुष्मालता माथेमालाई तेजबहादुर केसीसँग इजलास तोकिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लसँग नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुंगानाको पेसी तोकिएको छ ।


  •  
  •  
  •