न्यायाधीश बम हत्या काण्ड: योजनाकार बाबु दुईपटक उम्किए

74
  •  
  •  
  •  

काठमाडौं २३ पुस ।
न्यायाधीश हत्याकाण्डका मुख्य अभियुक्त मानिएका बाबु भनिने मेघबहादुर थापा र मुख्य सुटर सञ्जय इस्लामी मगर घटनाको ७ औं दिनमा समातिएका थिए । २०६९ जेठ १८ मा ललितपुरको यूएनपार्कमा गोली हानी हत्या गरिएका न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लगाउने सिलसिलामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर प्रमाण पर्याप्त भएन, एक सातामा उनी छुटे । घटनाको एक बर्षपछि २०७० जेठ १४ मा थापा र काभ्रेका ज्ञानु लामालाई सर्लाहीबाट पक्राउ गरियो । उनीहरुबाट घटनामा प्रयोग नभएको एउटा पेस्तोल बरामद भएको थियो । उनीहरुलाई काठमाडौं परिसरको हिरासतमा सार्वजानिक मुद्धा दायर गरेर एक साता राखियो । त्यसपछि ललितपुरमा हातहतियार खरखजाना मुद्दाका लागि पठाइयो ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले दुवै जनालाई एक/एक लाख रुपैंया धरौटी माग्यो । थापा धरौटी बुझाएर छुटे, लामा कारागारमा नै छन् । थापा अपराधमा संलग्न भएको आशंका हुदा हुदै पनि प्रहरीको कमजोर अनुसन्धानले न्यायधिस हत्याकाण्ड सुल्झाउन अढाई बर्ष भन्दा बढि लाग्यो । ‘थापाको संलग्नताका केहि संकेत मिलेर पक्राउ गरिएको थियो, यो घटनामा जोडन नसकेपछि छाडिएको हो’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने ‘सबुत प्रमाण बिना थापालाई राख्दा अनुसन्धान मिस लिड हुनसक्ने आशंकाले नछोइएको दाबी गरे । बम हत्याकाण्डका बेला महानिरीक्षक अर्याल केन्दि्रय अनुसन्धान ब्युरो प्रमुख थिए । कारागारको आन्तरिक प्रशासनमा भाइ नाईके बनेका उनी कारागारमा नै बस्न खोज्नुको अर्को कारण छ ।

बम हत्या काण्डमा प्रयोग गर्न ल्याइएका ४ वटामध्ये एउटा पेस्तोल लामाले लगेको आरोप प्रहरीको छ । लामाले बाबुसंग ७/८ बर्ष अघि चिनजान भएको बताए । एउटा साथी मार्फत चीनजान भएका उनले बाबुका लागि बिभिन्न ठाउँ जाने, उनले भनेको काम गर्ने गरेको बताए । उनले न्यायाधीश बमको हत्या पनि बाबुकै योजनामा भएको दाबी गरे ।

आफूलाई बाबु स्वयंले बमको हत्याबारे बताएको उनको दाबी छ । घटनाको तेस्रो साता बाबुले लामालाई सर्लाही बोलाएका थिए । सर्लाहीको लालबन्दीमा जेठको अन्तिम साता जोगीहरुले हिन्दु धर्म स्थापनाको माग राख्दै हवन र सडक बन्द जस्ता कार्यक्रम गर्न थालेपछि त्यसको मदतका लागि आफू त्यहाँ गएको बताए । राती दारु खाएर बसेका बेला बाबुले बहकिएर मलाई राती न्यायाधीशको काम मेरै सेटिङमा भएको हो भन्या थियो’ लामाले कान्तिपुरसंग भने ‘मैले यो कुरो प्रहरीलाई बताएको हो ।’ न्यायाधीश बम माथी ७ दशमलब ५ एमएम क्यालिबरको गोली प्रयोग भएको थियो । प्रहरीले त्यो बेला यो प्रकृतिका अन्य १२ वटा गोलीकाण्डको अनुसन्धान गरेर रहस्य खोतल्न प्रयास गरेको थियो ।

बम हत्याकाण्डमा प्रयोग भएको पेस्तोल प्रहरीसंगै

अढाई बर्ष अघि न्यायधिस रणबहादुर बमको हत्यामा प्रयोग भएको पेस्तोल एक बर्ष अघि देखी प्रहरीसंग हुदाँ समेत प्रहरीले छनक नपाएको देखिएको छ । २०७० असोज १२ गते कास्कीको हेम्जामा तीस्न युवाको साथबाट प्रहरीले बमलाई गोली हान्न प्रयोग भएको हतियार फेला पारेको थियो । दोस्रो संविधान सभा चुनाबको अघि भएकाले त्यो हतियारका बारेमा प्रहरीले खासै चासो दिएको थिएन । ‘चुनाबका बेला प्रहरीले अनुसन्धानलाई खासै चासो दिएको थिएन’ एक प्रहरी अधिकारीले भने ‘त्यतिबेला ध्यान दिएको भए मुद्धा सल्टिन सक्थ्यो ।’ मेड ईन रसिया ३७७१ लेखेको पेस्तोल बमको हत्यामा प्रयोग भएको केन्दि्रय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक -एसपी) पीताम्बर अधिकारीले बताए । हेम्जाको सुजन रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर दुईबाट प्रहरीले तीन ब्यक्तिलाई पक्राउ गर्दै यो हतियार बरामद गरेको थियो । रिल्टो तामाङ, बिक्रमसिंह तामाङ र नरेन्द्र कुमार मगर पक्राउ परेका थिए । हतियार लिने रिप्त बहादुर थापा भने फरार रहेको प्रहृरीले जनाएको छ । थापासंग त्यो हतियार फरक/फरक तीन ब्यक्ति हुदै पुगेको प्रहरी दाबी गर्छ ।

बम हत्याका एक आरोपी बिरुद्ध डिफ्युजन नोटिस

सर्वोच्च अदालतका न्यायधिस रणबहादुर बमको हत्यामा आरोपित एक ब्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको ईन्टरपोलले डिफूजन नोटिस जारी गरेको छ । २०६९ जेठ १८ गते ललितपूरको यूएन पार्कमा गोली हान्ने रामेछापका सञ्जय ईस्माईली मगरलाई पक्राय गर्न ‘डिफ्यूजन’ नोटिस जारी गरेको हो । यो नोटिस जारी भएपछि सम्बन्धित देशका प्रहरीले मगरलाई फेला पारे नेपाल पठाईदिनेछन् । यो नोटिस अपराधमा संलग्न भएको तर अदालतबाट दोषी प्रमाणीत नभएका ब्यक्तिलाई जारी गरिन्छ ।

कसरी खुल्यो रहस्य ?

प्रहरीले न्यायाधीश बम हत्याको अनुसन्धान प्राविधिक, सुराकी परिचालनलगायत अन्य बिधी अपनाएको थियो । घटनाताका बमको ट्याङलाफाँट स्थित घर देखी बंगलामुखी मन्दिर हुदै घटनास्थलसम्म त्यो बेला प्रयोग भएका झण्डै ३० हजार मोबाईल नम्बरको कल डिटेल्स, एसएमएस टिडेल्स बिश्लेशण गरेको थियो । अहिलेसम्मकै उच्च तहको घटनाले प्रहरी दबाबमा थियो । त्यो बेला झण्डै ६५ हजार हाराहारीको प्रहरी संगठन भित्र अब्बल मानिने वरिष्ठदेखि कनिष्ठ प्रहरी अधिकारी यो घटनाको अनुसन्धानमा जुटे । तर सबैतिर खाली हात मात्र भयो ।

एक सयको हाराहारीमा अनुसन्धान अधिकारीहरुले अनुसन्धान गर्न सुरु गरेको घटना पुरानो हुदै जादाँ सेलायो पनि । अनुसन्धान समितीमा रहेका प्रहरी अधिकारी तितरबितर भए । अनुसन्धानको जिम्मा केन्दि्रय अनुसन्धान ब्युरो -सीआईबी)ले पायो । त्यहाँ जघन्य अपराधको अनुसन्धान गर्ने पिलर एकका प्रहरी अधिकारी लागिरहे । दुई बर्ष ६ महिना गरेको अनुसन्धानले खासै नतिजा निस्किएन । न्यायधिस बमले गरेका फैसला र त्यसबाट असन्तुष्ट पक्षहरुको बिचमा प्रहरीले सुराकी परिचालन गर्‍र्यो । तिनै सुराकीले बाबु थापा समुहको संलग्नताका आधार देखाइदिएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दियो ।

गएको बिहिबार तिनै शंका लागेका ब्यक्तिलाई पक्राउ गर्न ब्युरोबाट जघन्य पिलरका डीएसपी भीम दाहालसहितको टोली जनकपुर पुग्यो । त्यहाँबाट दीपक कर्ण र सुटर शिब भनिने करण चौधरीलाई नियन्त्रणमा लिए । त्यहाँबाट सर्लाही पुगी नबिन भनिने प्रेमराज खडका समातिए । खडकालाई बाबु थापाको मोबाईलमा फोन गर्न लगाएर उनी भएको ठाउँ मिलन चोकमा प्रहरी पुग्यो । थापा प्रहरी देख्ने बित्तिकै सुरज नामका एक ब्यक्तिको मोटरसाईकलमा चढेर भागे । प्रहरीले पिछा गर्‍र्यो । अन्तत भारतसंग सिमा जोडिएको बरहथवा गाविसबाट उनलाई पक्राउ गर्‍र्यो । पक्राउ गर्दा प्रहरीलाई उनले आफू ‘अर्जुन गुरुङ’ भन्दै जोगिन खोजेका थिए ।

अपहरण मुद्धामा नपर्न लामा कारागारमै

सामान्यतया पुर्पक्षका लागि थुनामा गएको ब्यक्ति चाँडै फैसला होस् भन्ने चाहन्छ । अदालतमा चाँडै पेसी भए, त्यहि अनुसार मुद्धाको छिनोफानो हुने आश हुन्छ । तर हातहतियार खरखजना मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका लामा त्यसको ठिक बिपरीत छन् । उनको मुद्धाको पेसी मंसिर २ गते थियो । उनले आफ्नो कानुन ब्यवासायीसंग कुरा गरेर मुद्धाको पेसी अर्को दिनलाई सारेका छन् ।

त्यहि मुद्धामा उनीसंगै समातिएका बाबु पक्राउको ३० औं दिनमा एक लाख धरौटीम्ाा छुटे । तर उनी छुट्न मानेन् । लामा छुट्ने बित्तिकै फेरी पक्राउ पर्ने सम्भावना थियो/छ । उनी २०६८ सालमा काठमाडौंका मारवाडी ब्यापारी पवन कुमार सांघाईको अपहरण काण्डमा मुछिएका थिए । मन्त्री श्याम सुन्दर गुप्ताको मिलेमतोमा भएको अपहरणमा संघाईलाई काभ्रेको सस्र्युँखर्कमा लगेर बन्धक बनाएर राख्दा लामा मुख्य सहयोगी थिए । प्रहरीले अपहरणको गुथ्थी सुल्झायो । मन्त्रीलाई समेत पक्राउ गर्‍र्यो । तर लामा फेला परेनन् । अझै पनि प्रहरीको मिसिलमा उनको नाम मिलन लामा भन्ने उल्लेख छ ।

घटनापछि उनी भागेर सुनसरीको इटहरी पुगे । बम हत्यामा आफूलाई निर्दोष देखाउने क्रममा उनले कुरा गर्दै भने ‘त्यो बेला म पुष अन्तिम साता देखी काठमाडौंमा नै छैन’ उनले भने ‘ईटहरीमा गेष्ट हाउस खोलेर बसेको थिएँ ।’
कान्तिपुरबाट


  •  
  •  
  •