किन गरे न्यायाधीशले प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलास बहिस्कार

251
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पुर्ण इजलास सर्वाेच्च अदालतका एक न्यायाधीशले बहिष्कार गरेका छन्।

न्यायाधीश चोलेन्द्र समशेर राणाले पराजुली नेतृत्वको पुर्ण इजलास बहिष्कार गरेका हुन्।प्रधानन्यायाधीश पराजुलीको अवकाश गत साउनमै भएको दाबी गर्दै न्यायाधीश राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन्।

न्यायाधीशले बहिष्कार गरेसंगै इजालास स्थगित भएको थियाे। आज गाेविन्द केसी र कान्तिपुर पब्लिकेशनको अवहेलना मुद्धा पूर्ण इलजालसमा बहस पैरवी हुन लाग्दा राणाले लिखित वक्तव्य सुनाउदै इजलास बहिष्कार गरे। उनले वर्तमान प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरेको दाबी गरे।


  •  
  •  
  •