डा. केसीको समर्थनमा बुटवलमा प्रदर्शन

132
  •  
  •  
  •  

butwal naya shakti
बुटवल, २४ साउन (ओएनएस) : चिसित्सा शिक्षा सुधारको लागि विभिन्न मागहरु राख्दै ११ औं पटक आमरण अनशनमा बसेका डा. गोविन्द्र केसीको समर्थनमा बुटवलमा प्रदर्शन गरिएको छ ।

नयाँ शक्ति पार्टी सम्वद्ध राष्ट्रिय युवा अभियान रुपन्देहीले डा‍. केसीमा जायज मागहरु पूरा गर्नुपर्ने माग गर्दै बुटवलमा प्रदर्शन गरेका हो ।

प्रदर्शनमा सहभागीहरुले डा.केसीका जायज माग पूरा गरी जीवन रक्षाका लागि आग्रह गरेका छन् । प्रदर्शनमा नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।


  •  
  •  
  •