सेनामा नवयुगको पदोन्तती, बने हवल्दार

322
  •  
  •  
  •  

काठमाडौँ, १९ फागुन(ओएनएस) : १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् ।

फुटबलमा गरेको प्रदर्शनका आधारमा उनलाई सेनाले पुरस्कारस्वरूप एक तह बढुवा गरेको हो । प्रतियोगितामा दुई ह्याट्रिक तथा फाइनलमा विजयी गोल गरेका नवयुग अमल्दारबाट हवल्दार भएका छन् ।

कालिबक्स गण, धरानमा कार्यरत नवयुगको हिजो बढुवा भएको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिएका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका थिए ।

नवयुगले २०६५ सालबाट सेनाको जागीर सुरु गरेका हुन् । उनी धनकुटाको कृष्णदल गणबाट सेनामा भर्ना भएका थिए ।


  •  
  •  
  •