बैंकको ६ करोड ठगेर फरार व्यक्ति पक्राउ

213
  •  
  •  
  •  

Nawaraj khatriकाठमाडौं, २० जेठ (ओएनएस) :  वैंकिङ्ग कसुर मुद्धाका फरार रहेका तत्कालीन धापासी गाविस–७ वस्ने ३५ वर्षीय नवराज खत्रीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

नेपाल राष्ट्र वैंकको जाहेरीले वैंकिङ्ग कसुर मुद्धामा खत्रीलाई २०७१ वैशाख १९ गते पुनरावेदन अदालत पाटनले ६ करोड ५० लाख जरिवाना र ३ वर्ष कैद ठहर भएपछि फरार उनलाई प्रहरीले मंगलवार वानियाटार काठमाडौंवाट पक्राउ गरी वुधवार जिल्ला अदालत पेश गरेको छ ।

खत्रीले न्यु सौंजन्य हार्डवयर स्थापना गरी क्यापिटल मर्चेन्ट वैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडबाट लिएको ६ करोड ५० लाख रुपैयाँ व्यापारिक परियोजनामा नलगाई दुरुपयोग गरी वैंकिङ्ग कसुर गरेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले उक्त फैसला गरेको थियो

क्यापिटल मर्चेन्ड वै‌किङ्ग एण्ड फाइनन्स लिमिटेडलाई १३ करोड ३० लाख रुपैयाँ हानी नोक्सानी पु¥याउने अर्का प्रतिवादी अरुणकुमार मरहठालाई जेठ १४ गते व्यूरोले पक्राउ गरी ६ वर्ष कैद र १३ करोड ३० लाख जरीवाना भुक्तानको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।


  •  
  •  
  •