राष्ट्रिय सुरक्षा नीति मन्त्रीपरिषद्का लागि सिफारिस

127
  •  
  •  
  •  

काठमाडौ, २४ काठमाडौँ(ओएनएस) : लामो समयको प्रयासपछि राष्ट्रिय सुरक्षा परिषद्ले आज राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ ।

राष्ट्रिय परिषद्को शुक्रबारको बैठकले ‘राष्ट्रिय सुरक्षा नीति’ पारित गरेर मन्त्रिपरिषद्का लागि सिफारिस गरेको हो । उक्त नीति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै लागु हुनेछ । उपप्रधान तथा रक्षा मन्त्री रावलले परिषद्बाट नीति सिफारिस गरेपछि भने, ‘राष्ट्रिय सुरक्षा नीति पञ्चायतकालिन ‘डक्टि्रन’ बाटै चल्दै आएको थियो ।’

प्रजातन्त्र पुनःस्थापना भएको झण्डै २५ वर्षपछि बल्ल ‘राष्ट्रिय सुरक्षा नीति’ तयार गरेको छ । सुरक्षा ऐनलाई परिषद्ले यसअघि नै पारित गरी कानुन मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पुगेको र अब मन्त्रिपरिषदमा आउने चरणमा रहेको मन्त्री रावलले जानकारी दिए । परिवर्तित अवस्था अनुसार सुरक्षाका क्षेत्र र आयामहरुलाई समेटेर नयाँ राष्ट्रिय नीति ल्याउन सरकार लागेको उनले बताए । उनले राष्ट्रिय सुरक्षा नीति ल्याउन तीब्र रूपमा काम तीब्र रूपमा काम भइरहेको बताए ।

सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सदस्य रहने व्यवस्था छ ।


  •  
  •  
  •