पौडीमा गौरीकाले बनाइन् राष्ट्रिय कीर्तिमान

128
  •  
  •  
  •  

gaurika
काठमाडौं, १ भदौ (ओउनएस) : काठमााडौंमा सुरु भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन् ।

नेपाल पौडी संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि यो कीर्तिमान अर्की शोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् । प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।


  •  
  •  
  •