६ उपक्षेत्रीय कार्यालयमा कार्यालय प्रमुख

178
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(ओएनएस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छ उपक्षेत्रीय कार्यालयमा छ सहसचिवलाई कार्यालय प्रमुखका रुपमा पदस्थापन गरेको छ ।

सहसचिव खोमराज कोइरालालाई काठमाडौँ, रमेशकुमार केसी ललितपुर, सुमन दाहाल काभ्रेपलाञ्चोक, नारायणप्रसाद सापकोटा नुवाकोट, शिवराम न्यौपाने दोलखा र जितेन्द्र बस्नेतलाई गोरखामा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ उपक्षेत्रीय कार्यालयले काठमाडौँ र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर, काभे्रपलाञ्चोक उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले गोरखा र धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनःनिर्माणको समन्वय र अनुगमन गर्नेछन् ।

यसअघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयको कार्यालय प्रमुखमा सहसचिव पदम अर्याललाई पदस्थापन गरिएको थियो ।


  •  
  •  
  •