नेशनल मेडिकलले स्वास्थ्य मन्त्रालयबाटै अनुमति नलिएको खुलासा

255
  •  
  •  
  •  

national medical
काठमाडौं, २१ भदौ (ओएनएस) :  काठमाडौं नेशनल मेडिकल कलेजले स्वस्थ्य मन्त्रालयबाटै सम्बन्धन नलिएको खुलासा भएको छ ।

कलेज संचालनका लागि मापदण्ड पूरा भए÷नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित तीन सदस्यीय छानवीन समितिले कलेज अबैध रुपमा संचालन भइरहेको पुष्टि गरेको हो ।

कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानवीन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिए ।

बुधबार समितिको गरेको अनुगमनका क्रमम अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको स्पष्ट पारेको छ । उनले मेडिकल कलेज संचालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा नगरेको पाइएको बताए ।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहेकोछानवीन समिति गठन गरेको थियो ।

अस्पतालले अध्ययन, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएको नपाइएको पनि स्पष्ट पारे । अस्पतालमा स्वास्थ्य सेवा संचालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

समितिले अस्पतालको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई बुझाउने छ ।

प्रतिवेदनले दिएको सुझावको आधारमा परिषदले नेशनल मेडिकल कलेजलाई कार्वाही गर्ने वा नगर्ने आवश्यक निर्णय लिने कानुनी व्यवस्था छ ।


  •  
  •  
  •