त्रिविद्वारा काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

310
  •  
  •  
  •  

national medical
काठमाडौं, २१ भदौ (ओएनएस) : त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ ।

त्रिभुवन विश्वविद्यालयद्धारा गठित तीन सदस्यीय छानवीन समितिले कलेज अबैध रुपमा संचालन भइरहेको पुष्टि गगर्दै प्रतिवेदन बुझाएपछि त्रिवि कार्यकारी परिषद्ले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । परिषदले नै गत साउन १२ गते कलेजलाई सम्बन्धन दिएको थियो।

कलेज संचालनका लागि मापदण्ड पूरा भए÷नभएको सम्बन्धमा छानविन गर्न सहप्राध्यापक सनत देवकोटाको नेतृत्वमा तीन सदस्यी छानविन समिति गठन गरिएको थियो । छानवीन समितिले आजै कलेज अबैध रुपमा संचालन भइरहेको पुष्टि गर्दै प्रतिवेदन बुझाएको थियो ।

कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको, अस्पतालले अध्ययन, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति नलिएको, मेडिकल कलेज संचालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा नगरेको पाइएको थियो ।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहेकोछानवीन समिति गठन गरेको थियो ।


  •  
  •  
  •