आर्मी र शसस्त्रले अंक बाँडे

146
  •  
  •  
  •  

काठमाडौं, १५ माघ (ओएनएस)  : विभागिय प्रतिद्वन्द्विहरु नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलले राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा बिहिबार भएको खेल एक–एक गोलको बराबरीमा सकिएको हो ।

दिप लामाले खेलको ३६ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ७२ औं मिनेटमा शसस्त्रका नवीन लामाले गोल फर्काएर खेललाई १–१ को बराबरीमा ल्याए ।

यसअघि पहिलो खेलमा आर्मीले झापा ११ लाई १–० ले हराएको थियो । शसस्त्रको भने यो पहिलो खेल हो ।


  •  
  •  
  •