राष्ट्रिय लिगमा मनाङ र आर्मी बराबरीमा, सशस्त्रसँग हारेपछि पुलिस पुछारमा

168
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (ओएनएस) : ए डिभिजन राष्ट्रिय लिगअन्तर्गत उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब र नेपाल आर्मी क्लबले बराबरी खेल्दै अंक बाढेका छन् ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीका भरत खवासले चौथो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । तर मनाङका कप्तान अनिल गुरुङले चौधौ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।

त्यसअघि भएको खेलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई २–०ले पराजित गर्याे । सशस्त्रको जीतमा दुबै गोल रञ्जन बिष्टल गरेका थिए ।

बुधबारको खेलमा बराबरीमा रोकिएपछि मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमायो । तीन खेलबाट ७ अंक जोडेको मनाङ गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ ।

समान खेलबाट समान अंक जोडेको थ्रीस्टार पहिलो र सशस्त्र दोस्रो स्थानमा छ । सुरुआती तीन खेल गुमाएको पुलिस अंक तालिकाको पुछारमा छ ।


  •  
  •  
  •