झापाद्वारा पुलिस पराजित

141
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) :  करिब दुई महिनाको विश्रामपछि शुक्रबारबाट सुरु भएको राष्ट्रिय लिगमा झापा ११ ले विजयी सुरुआत गरेको छ । झापाले नेपाल पुलिसले ३–१ ले पराजित गरेको हो । झापाले  उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेको थियो ।

१८ औं मिनेटमा जुमानु राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा कर्ण लिम्बुले बराबरी गोल फर्काउँदा दुई मिनेट पछि दिलेन लोक्तानले झापालाई अग्रता दिलाए ।

दोस्रो हाफमा योगेस गुरुङले अर्काे गोल गरेपछि झापाले ले जित निकाल्न सफल भए । यसअघिको खेलमा पुलिस जगदम्बा लुम्विनीसंग १–० ले पराजित भएको थियो झापाले समान नतिजा आर्मी विरुद्ध व्यहोरेको थियो ।

अहिलेसम्म दुई खेलको समाप्तीमा थ्रीस्टार र मनाङको समान ६ अंक जोडेको छ । एपिएफ र आर्मीको समान ४ अंक छ ।


  •  
  •  
  •