मनाङ लगातार दोस्रो खेलमा विजयी

525
  •  
  •  
  •  

काठमाडौं, १६ माघ (ओएनएस) : राजधानीमा जारी सहिद स्मारक राष्ट्रिय लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो खेलमा जित दर्ता गराएको छ ।

लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा मनाङले जगदम्बा लुम्बिनी फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा मनाङको जितमा सुजल श्रेष्ठले खेलको ५६ औं मिनेटमा गोल गरे । खेलको ८२ औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो पहेलो कार्ड पाएपछि जगदम्बा १० खेलाडीमा सिमित बनेको थियो ।

मनाङले यसअघिको खेलमा सुदुरपश्चिमलाई ३–० ले हराएको थियो । लिगमा २ खेलबाट ६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ भने समान अंकका साथ गोलअन्तरमा पछि पर्दै मनाङ दोस्रो स्थानमा छ ।


  •  
  •  
  •