राष्ट्रिय सरकारको विकल्प छैन : नेपाल

175
  •  
  •  
  •  

Madhav nepalकाठमाडौँ, १७ जेठ(ओएनएस) : एमाले नेता माधवकुमार नेपालले संसदीय निर्वाचनसम्मका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले एमालेले माओवादीसँग गरेको सहमति पनि राष्ट्रित सहमतिका लागि भएको उल्लेख गरेका छन् ।

उनले संविधानको कार्यान्वयन, राष्ट्रिय महत्व र आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको बताए ।

राजनीतिक सङ्क्रमणकालीन अवस्थामा कांग्रेस र मधेसवादी दलहरूलाई समेटेर राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्ने उनको भनाई छ ।
उनले सबै क्षेत्रमा राजनीतिकरण र पार्टीकरण भएका कारण कुनै पनि काम हुन नसकेको भन्दै देशलाई एउटा गति दिनका लागि पनि राष्ट्रिय सरकार अपरिहार्य भएको बताएका छन् ।

उनले सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको भन्दै विरोध गरिरहनु नपर्ने बताएका छन् । यसले नेपाली जनतामा समेत आशा जगाएको उनको भनाई छ । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे ।

राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उनको भनाइ छ ।

उनले सबै पार्टीमा समस्या रहेको भन्दै योग्यता क्षमताको मूल्याङ्कन गर्दै पारदर्शीरुपले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए ।


  •  
  •  
  •