काठमाडौं, असार ३ (ओएनएस) । चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड राष्ट्रपति भवन शितल निवासमा हुने भएकोछ । लामो पर्खाइपछि बल्लतल्ल अवार्डको मिति र स्थान टुङ्गो लागेको हो ।
असार १५ गते हुने कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव पनि सरिक हुने तय भएको छ । चलचित्र विकाश वोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले कार्यक्रमका विषयमा जानकारी दिए । उनले भने, ‘हामी अवार्डको पूर्व तयारीमा छांै, कार्यक्रम असार १६ बाट पर सर्दैन् ।’ वर्ष २०६७, ०६८, ०६९ र ०७० सालमा प्रदर्शन भएका फिल्मको समिक्षा गरि अवार्ड वितरण गरिने जनाईएको छ । रात्रीभोजको व्यवस्था सहित आयोजना गर्ने लागिएको कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, बिबिध क्षेत्रका विशिष्ठ पाहुनालाई समेत निमन्त्रणा गरिने वोर्डले जनाएको छ ।