विपक्षीद्धारा सदन अबरूद्ध

305
  •  
  •  
  •  

dahalकाठमाडौं, २ भदौ (ओएनएस) :  नेपाललाई राष्ट्रिय विपद्को घोषणा गरी राहत र पुनस्र्थापना कार्यक्रम संचालनको माग गर्दै एकीकृत माओवादी लगायतका दलले सदन अबरुद्ध गरेका छन् । व्यवस्थापिका संसदमा प्रमुख विपक्षी दलका नेताले संवोधन गरेपछि एमाओवादी नेतृत्वको मोर्चामा आबद्ध दलका सभासद उठेर सदन अवरुद्ध गरेका हुन् ।

एकीकृत माओवादीका गिरिराजमणि पोखरेल र सदभावना पार्टीका सभासद लक्ष्मणलाल कर्णले विपदको घोषणा नगर्दा सम्म सदनको काम अगाडी बढ्न नसक्ने बताए । बिपक्षीको बिरोधपछि व्यबस्थापिका संसदको बैठक आदा घण्टाका लागि स्थगित भएको छ ।

यसअघि एमाओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले पछिल्लो समयमा देखिएको राष्ट्रिय विपतको घोषणा गरेर अन्तराष्ट्रिय सहयोग लिन माग गरेका छन् । संसदको सोमबारको बैठकमा  उनले देशभर भइरहेको विपत्ति असामान्य रहेको उल्लेखगर्दै अन्तराष्ट्रिय सहयोग लिन आग्रह गरे । वासस्थान, खाद्यन्न र औषधिको व्यवस्था गर्न उनले माग गरे ।

दाहालले नेपालमा अहिले आएको विपत्ति असामान्य भएकोले प्रधानमन्त्रीको अध्यक्षतामा उद्धार समिति गठन गर्नुपर्ने बताए । ‘सामान्य बाढी आयो गयो भन्ने रुपले नलिओस’, उनले भने, ‘यो राष्ट्रिय संकटमा फसेको हो भनेर गम्भीर ढंगले लाग्नु पर्छ ।’ नेपालमा पछिल्ला वर्षमा प्राकृतिक विपत्ति अस्वाभाविक ढंगले देखिएकोले यसलालई राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चमा यसको अध्ययन गर्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए । दाहालले सम्वोधन गर्दा प्रधानमन्त्री सुशील कोइराला संसदमा उपस्थित थिए ।


  •  
  •  
  •