बाबुरामको नयाँ शक्तिको राष्ट्रिय परिषद्‍ घोषणा हुँदै

142
  •  
  •  
  •  

काठमाडौँ, १० माघ(ओएनएस) : डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद्को प्रारम्भिक स्वरुप आज घोषणा हुँदैछ ।

अल्फाबिटामा मध्यान्ह आयोजना हुने कार्यक्रममा नयाँ शक्ति अभियानको राष्ट्रिय परिषद्को प्रारम्भिक स्वरूप घोषणा गर्ने तयारी छ । यसलाई आगामी बैशाखमा पार्टी घोषणाको तयारीका रूपमा हेरिएको छ । भट्टराईले विभिन्न पार्टीका तथा अन्य प्रतिष्ठित व्यक्तिहरूलाई समेटेर नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद्को घोषणा गर्ने भएका हुन् । यस अभियानलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन गरिने बताइएको छ ।

आज घोषणा हुने नयाँ शक्ति अभियानमा नायिका करिश्मा मानन्धर, निर्माता अशोक शर्मा लगायतका व्यक्तिहरू समेत समावेश हुने बताइएको छ । यस्तै, पूर्वसचिव रामेश्वर खनाल, प्रविण मिश्र, कलाकार सरोज खनाललगायत व्यक्तिहरु पनि प्रारम्भिक परिषद्मा समावेश हुने भएका छन् ।


  •  
  •  
  •