राष्ट्रिय सहमतिको सरकार आवश्यक : नेपाल

146
  •  
  •  
  •  

Madhav nepalधनुषा, ८ जेठ(ओएनएस) : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय राजनीतिको गतिरोधको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार गठन हुनु आवश्यक रहेको बताएका छन् ।

शनिबार धनुषाको औरहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सरकारको गठनपछि मात्र संविधान कार्यान्वयन सहज हुने बताएका छन् । उनले राष्ट्रिय सरकार गठनका लागि मधेसी र जनजातिको आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई चित्त बुझाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले संविधानप्रति देखिइरहेको असन्तुष्टी, द्विविधा र अविश्वासलाई हटाउनुपर्ने बताएका छन् । उनले जनतालाई पीडा र कष्ट दिने काम कुनै पक्षबाट हुनु नहुने भन्दै कुराभन्दा काम गर्नुपर्ने प्रवृत्तीको विकास गर्नुपर्ने बताए ।


  •  
  •  
  •