सोमवार राष्ट्रिय कफी दिवस मनाइदै

477
  •  
  •  
  •  

is    काठमाडौं ,३० कात्तिक (ओएनएस) : सोमवार देशभर   राष्ट्रिय कफी दिवस मनाइदै छ । ‘ कफीखेतीको विस्तार,आम्दानीको आधार ’ मूल नाराका साथ देशैभर कफी दिवस मनाउन लागिएको हो ।

नेपालमा व्यावसायिक रुपमा अराविका जातको कफीखेती गरिँदै आएको छ । १९९५ सालमा गुल्मी जिल्लाको आँपचौरबाट कफी खेती सुरु भएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक रमणप्रसाद पाठकका अनुसार हाल नेपालमा एक हजार ९ सय ११ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा कफीखेती गर्दै आएको छ । सो व्यवसायमा मध्य पहाडका ४० जिल्लाका ३० हजार कृषक संलग्न छन् ।

विश्वमा १ सय देशमा व्यावसायिक कफीखेती गरिँदै आएको छ । जसमध्ये ४० देशमा जैविक कफीखेती गरिन्छ । नेपाल आठौँ जैविक कफी उत्पादन गर्ने देशमा पर्छ ।
हाल ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, अर्घाखाँची, बाग्लुङ, पर्वत, गोरखा, लम्जुङ, धादिङ, तनहुँ, मकवानपुर, रसुवा, नुवाकोटलगायत २० भन्दा बढी जिल्लामा यसको व्यवसायीह खेती सुरु भएको छ । बोर्डका अनुसार नेपालमा बार्षिक ५ सय २४  टन कफी उत्पादन हनुे गरेको छ ।


  •  
  •  
  •  

Comments are closed.