वास्तविक जीवनमा भूतसँग हिरोइनको रोमान्स

192
  •  
  •  
  •  

काठमाnatasaडौं २३ वैशाख (एजेन्सी): चलचित्रमा भूत वा अदृश्य शक्तिसँग नजिकिएको कथा अस्वाभाविक होइन। कतिपय चलचित्रमा यस्ता शक्ति र अभिनेत्रीबीच मायाप्रेम बसेकोदेखि यौनसम्पर्कसम्मको कथा राखिएको हुन्छ। तर, वास्तविक जीवनमै यस्तो घटना हुनुचाहिँ आश्चर्य नै मानिन्छ। यस्तै आश्चर्यमा पारेकी छन्, हलिउड अभिनेत्री नतसा ब्लासिकले।
भूत र आफूबीच यौनसम्पर्क भएको बताएर उनले सनसनी मच्चाएकी छन्। युक्रेनी मूलकी अभिनेत्री नतासाले भूतसँग दुईपटक यौनसम्पर्क भए पनि आफूलाई कुनै दुस्ख नभएको बताएकी छन्। एक बेलायती टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै उनले आफ्नो र भूतको यौन क्रियाकलापबारे चर्चा गरेकी हुन्।
‘पति घरमा नभएको बेला मेरो शरीरमा कसैले छोइरहेको थियो। म उसको शरीरको भार आफूमाथि राखिरहेको थिएँ’, उनले भनेकी छन्। पहिले आफूमा के भइरहेको छ भनेर अन्योल भए पनि पछि मज्जा लिएको उनले तर्क गरेकी छन् ।
पहिलोपटक भएको त्यस्तो रोमाञ्चक घटनाको एक महिनापछि फेरि त्यस्तै किसिमको घटना भएको उनले बताएकी छन्। ‘पहिलेको तुलनामा पछिको सेक्स अनुभव अझ रमाइलो र आनन्ददायी भयो’, नतसाले भनेकी छन्।

  •  
  •  
  •