विद्यालयकाे सहयाेगका लागि नाटक मञ्चन गरिदैँ

975
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : विद्यालयकाे सहयाेगकाे लागि एक संस्थाले नाटक मञ्चन गर्न लागेकाे छ। हामी नेपालको लागि’ संस्थाद्वारा गजुरी धादिङस्थित श्री चेपाङ निम्न माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब निर्माण अभियान सुरु भएको छ।

उक्त अभियान सहयोगार्थ नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुने भएको हो। कलाशी प्रोडक्सनको प्रस्तुति रहेको नाटक यहि फागुन २५ गतेदेखि २८ गतेसम्म मण्डला नाटकघर, अनामनगरमा मञ्चन हुँदैछ।

चार दिन मञ्चन हुने नाटक शुक्रबार साँझ पाँच बजे र शनिबार, आइतबार र सोमबार दिउसो एक बजे र साँझ पाँच बजे सुरु हुनेछ।

नाटकलाई आशिष र संगीतले संयुक्त रुपमा निर्देशन गरेका हुन्।


  •  
  •  
  •