माघ १ गतेदेखि नाटकघर नियमित रुपमा सञ्चालन

83
  •  
  •  
  •  


काठमाडौं । लामो समयदेखि बन्द नाटकघर माघ १ गतेदेखि नियमित रुपमा सञ्चालन हुने भएको छ। बत्तिसपुतलिमा अवस्थित शिल्पी थिएटरले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै माघ १ गतेदेखि नियमित रुपमा नाटकघर खुल्न लागेको जानकारी गराएको हो ।

कोरोनाका कारण बन्द भएको शिल्पी नाटकघरमा पहिलो नाटक ६ पात्रको एकालाप मञ्चन हुने पनि लेखिएको छ। नाटकको लेखन तथा निर्देशन घिमिरे युवराजको छ भने कोरियोग्राफी पवित्रा खड्काको छ। अन्य नाटकघरले भने अहिलेसम्म नाटकघर खोल्ने/नखोल्नेबारे औपचारिक घोषणा गरेका छैनन्।


  •  
  •  
  •