नाटकघर सञ्चालन, ६ पात्रको एकालाप मञ्चन

60
  •  
  •  
  •  


काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द नाटकघर आजदेखि नियमित रुपमा सञ्चालन हुने भएको छ। बत्तिसपुतलिमा अवस्थित शिल्पी थिएटरले माघ १ गतेदेखि नियमित रुपमा नाटकघर खुल्न लागेको जानकारी गराएको हो ।
कोरोनाका कारण बन्द भएको शिल्पी नाटकघरमा पहिलो नाटक ६ पात्रको एकालाप मञ्चन हुने पनि लेखिएको छ। नाटकको लेखन तथा निर्देशन घिमिरे युवराजको छ भने कोरियोग्राफी पवित्रा खड्काको छ। अन्य नाटकघरले भने अहिलेसम्म नाटकघर खोल्नेरनखोल्नेबारे औपचारिक घोषणा गरेका छैनन्।

 


  •  
  •  
  •