मंगल ग्रहबाट नासाको क्युरियोसिटी भेट्टायो बल !

75
  •  
  •  
  •  

nasas-curiosity-rover-photographs-round-balllike-objectकाठमाडौ, १० असोज(ओएनएस) : नासाले मंगल ग्रहमा पठाएको क्युरियोसिटी रोभरले केही अनौठा तस्विरहरू पठाएको छ । क्युरियोसिटी रोभरले पठाएको उक्त तस्विर बल जस्तै वस्तु भएकाले पनि वैज्ञानिकहरू अचम्मित भएका छन् ।

के क्युरियोसिटीले खिचेको उक्त तस्विर बलको नै हो या कुनै बल जस्तै वस्तु हो भन्ने प्रश्न पनि उब्जिएको छ । तर, वैज्ञानिकहरूले भने उक्त वस्तु बल नभएको बताएका छन् । मंगल ग्रहको सतहमा कुनै पनि यस्तो बल हुन नसक्ने उनीहरूको दावी छ ।

nasas-curiosity-rover-photographs-round-balllike-object1नासाका वैज्ञानिकहरूले उक्त तस्विरलाई नासाको वेबसाइटमा समेत हालेका थिए । उक्त वस्तु मात्र १ सेन्टिमिटर चौडा भएको बताइएको छ । उनीहरुले यसलाई एक भौगोलिक प्रक्रियाका रूपमा लिएका छन् । यस्तो अवस्था मिनेरल्सहरू पानीबाट छुट्टिँदा हुने र कडा वस्तुमात्र बाँकी रहने उनीहरुको भनाई छ ।

यसले वैज्ञानिकहरूलाई मंगल ग्रहको सतहमा कुनै समय पानी बगेको विषय पत्ता लगाउन सहज हुने एक वेबसाइटले जनाएको छ । यसरी मंगल ग्रहमा बल जस्तो भेटिएको यो पहिलो पटक भने होइन यसभन्दा अगाडि पनि यस्ता वस्तु भेटिएको थियो ।


  •  
  •  
  •