पृथ्वीको कक्षमा रहेको रहेको फोहोर उठाउन नासाले बनायो ग्रिपर

227
  •  
  •  
  •  

nasa-gripperकाठमाडौ, १० पुस(एजेन्सी) : अमेरिकाको अन्तरिक्ष अध्ययन संस्था नासाले एक ग्रिपरको निर्माण गरेको छ, जसले पृथ्वीको कक्षमा रहेको फोहोरहरु सफा गर्नेछ । अर्थात् उक्त ग्रिपरले कक्षमा रहेका फोहोरहरूलाई आफुतर्फ तान्ने छ ।

पृथ्वीको कक्षमा रहेको फोहोर अन्तरिक्ष यानका लागि खतरा बन्दै गएको छ । नासाको जेट प्रपल्शन लेबोरेटरी(जीपीएल)को रिसर्चले उक्त ग्रिपेको सी-९ बी पाराबोलिक फ्लाइट एयरक्राफ्टबाट भारहिनताको अवस्था परिक्षण गरिएको छ । जेपिएलमा रोबोटिक्सका रिसर्चर एरन पारनेसले पृथ्वीको कक्षमा नष्ट भएका यानहरू र सेटेलाइटको जुन फोहोर पृथ्वीको कक्षमा फैलिएको छ, त्यसले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रसहित अन्य सबै अन्तरिक्ष यानहरुका लागि खतरा बढिरहेको छ ।

पारनेस र उनका सहयोगीहरूद्धारा विकसित गरिएको छ । ग्रिपर यान गेको छेपारोबाट प्रेरित भएर बनाइएको हो, जुन सहजै पर्खालमा चढ्न सक्छ । गेकोको खुट्टामा स-साना कपाल हुन्छन् जुन मानिसको कपालभन्दा सैयौ गुना पातलो हुन्छ । शोधकर्ताहरुले गेको को खुट्टामा छेपारोको जस्तै हुबहु कपाल त निर्माण गर्न सकेका छैनन् तर, उनीहरुले ग्रिपरमा फोहोर टासिने खुट्टामा भने कपालको संरचना तयार गरिसकेको छ । उक्त कपाल सिन्थेटिक हो र यसलाई स्टाक नाम दिइएको छ ।

यो ग्रिपरको खुट्टा कुनै वस्तुलाई छुन्छ तब यसको खुट्टामा रहेको कपालले उक्त वस्तुको सतहको सम्पर्कमा आउँछ । टेष्टमा करिब ९ किलोग्रामकिलो तौल उठाउन सक्षम हुन्छ । यसलाई २ सय ५० पाउण्ड तौल उठाउन सकिने योग्य बनाइरहेको छ ।


  •  
  •  
  •