चन्द्रमामा पानी खोज्न नाशाको यस्तो योजना

99
  •  
  •  
  •  

water on moonकाठमाडौ, २५ असोज(एजेन्सी) : भविष्यमा मानिसलाई चन्द्रमा बस्न मिल्ने अवस्था सिर्जना गर्नका नाशाले चन्द्रमामा पानीको खोजी गर्दै आएको छ । मानव बस्ति बसालेपछि आवश्यक पर्ने पानीको खोजीका लागि चन्द्रमाको सतहमा खन्नका लागि नाशाले विचारविमर्श सुरू गरेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले चन्द्रमामा पानी भएको नभएको पत्ता लगाउने, उक्त क्षेत्रसम्म पुग्ने र पानीको सञ्चय गर्नका लागि फरक-फरक अभियान रहेका छन् ।

नाशाको मार्शल स्प्रस फ्लाइट सेन्टरमा लूनर फ्लाशलाइट अभियानको प्रमुख बारबरा कोहनका अनुसार भविष्यमा चन्द्रमामा मानव बस्ति बसाल्ने योजना तबमात्र सम्भव छ जब त्यहाँ पिउने पानी उपलब्ध हुन्छ । आफ्नो साथमा पृथ्वीबाटै सबै सामान लैजान निकै महंगो पर्छ र सधै यसो गरिरहन सम्भव पनि हुँदैन ।


  •  
  •  
  •