काठमाडौँ, ९ पुस(एजेन्सी) : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मंगल मिशन दुई वर्षका लागि रोकिएको छ । नासाको भूकम्पीय उपकरण भ्याकुम स्फेयर हाउसिंगमा लिक भएपछि मंगल मिसनलाई दुई वर्ष पछाडि सार्नु परेको हो ।
सन् २०१६ को मार्चमा मंगल मिशन सुरू गर्ने तयारी गरेको नासाले अब सन् २०१८ मा मात्र उक्त मिशन सुरू गर्ने भएको छ । मंगलबार नासाका अधिकारीहरूले मंगल ग्रहको आन्तरिक गतिविधीहरूको बारेमा पत्ता लगाउनका लागि नासाको ‘मार्स इनसाइन मिशन’ लाई सन् २०१६ मार्चमा सार्वजनिक गर्ने योजना बनाएको थियो । नासाका विज्ञान निर्देशनालयका सहायक जोन एम ग्रुन्सफेल्डले मार्स इनसाइट मिशनलाई निर्धारित समयमा सुरू गर्ने समय घर्किसकेको बताइएको छ ।
उनले मिशनका लागि निर्धारित ६७.५ करोड डलर बजेटमध्ये करीब ५२.५ करोड डलर खर्च भइसकेको छ । उनले सोमबार परिक्षणका क्रममा उपकरण लिक भएको भेटिएको थियो । यसभन्दा पहिले नासाले मंगल मिशनले मंगल ग्रहको सहत समेत अन्य जानकारीका हासिल गर्न सफलता पाइसकेको छ ।
मार्स इनसाइट मिशनको साथमा भूकम्पीय उपकरण पठाउने योजना रहेको छ, जुन मंगलको भित्री गहिराईको गतिविधी र यसको प्रभावका बारेमा पता लगाउने छ । उक्त उपरकरणलाई मंगल ग्रहको भित्री गतिविधी र तत्वहरूको बारेमा जानकारी हासिल गर्न सक्ने हिसाबले बनाइएको छ ।