कानुनी अड्चनले सत्ता हस्तान्तरण गर्न ढिलाई : खड्का

246
  •  
  •  
  •  

भक्तपुर, २० पुस (ओएनएस): नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले नयाँ सरकार गठनका लागि सत्ता हस्तान्तरणमा कानुनी अड्चनले ढिला भएको बताएका छन् ।

राजधानीमा भएकाे एक कार्यक्रममा बोल्दैै नेता खड्काले राष्ट्रिय सभाको निर्वाचन नगरी सत्ता हस्तान्तरणमा कानुनी समस्या रहेको बताए ।  देउवा सरकारले सत्ता लम्बाउन खोजेको भन्ने एमालेले लगाएको आरोप पूर्वाग्राही मात्रै भएको बताउँदै एमालेका नेताहरुलाई एक पटक संविधान पढ्न आग्रह गरे । उनले राष्ट्रिय सभाको निर्वाचन नभएसम्मका  अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने दाबी गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनपछि नयाँ सरकारका लागि सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको खड्काले बताएका छन्।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएको कारण कांग्रेसले पराजय व्यहोर्नु परेको केन्द्रीय सदस्य खड्काले बताए । कांग्रेसले नयाँ सरकार गठनका लागी कोही कसैसँग पनि लिखित रुपमा सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै प्रचण्डसँग लिखित सहमति भएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।


  •  
  •  
  •