नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब

366
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : गलत अप्रेसन गरेको भन्दै नर्भिक हस्पिटलकाका दुई चिकित्सकको लाइसेन्स खारेज गर्न हरेक दिन चिकित्सक र सर्वसाधारण दबाब दिइरहेका छन्।

नर्भिकमा कार्यरत चिकित्सक डा प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न नेपाल मेडिकल काउन्सिलमा चिकित्सक र सर्वसाधारण दबाब दिइरहेका छन्।

११ फागुनमा चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे खुट्टाको अप्रेसन गर्नुपर्नेमा नर्भिकमा कार्यरत डा. नेपाल र रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए ।

सो घटनापछि चिकित्सकले लापर्बाही गरेको भन्दै लाइसेन्स रद्द गर्न दबाब आइरहेको छ । डा. नेपाल र रञ्जितकारलाई सफाइ दिए चिकित्सकमाथिको जनताको विश्वास घट्ने मेडिकल काउन्सिले जनाएको छ ।


  •  
  •  
  •