नर्भिक अस्पतालले बिरामीको उपचार प्रकृयामा त्रुटी गरेको ठहर

97
  •  
  •  
  •  

काठमाडौ २८ असोज । नेपाल मेडिकल काउन्सिलको छानविन समितिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएका बिरामी अमी रिसालको उपचार प्रकृयामा कमी कमजोरीसंगै त्रुटी रहेको समेत ठहर गरेको छ ।

यति मात्र नभइ नर्भिकको सेवा प्रणाली, व्यवस्थापन र व्यावसायिक आचरण संग सम्वन्धित त्रुटि, कमजोरीहरु समेत प्रतिवेदनमा औल्याइएको छ ।

समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको छानविन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

ललितपुर, झम्सिखेलका ४७ वर्षिय अमी रिसाल वाकवाकी, टाउको दुखाई, पखाला, पेट दृुखाई आदि समस्यासहित डा। राजिव पाण्डे समक्ष पुगे पछि चिकित्सक कै सल्लाह अनुसार यसै वर्ष गत असार महिनामा नर्भिकमा भर्ना भएका थिए । रिसालका आफन्तले नर्भिक अस्पतालको त्रुटिपुर्ण उपचार प्रकृयाले मृत्यु भएको दावी गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले काउन्सिललार्इ अमी रिसालको स्वास्थ्य उपचार प्रकृया वारे छानविन गरेर कारवाही गर्ने वारे पत्र पठाएको थियो ।

उक्त पत्रमा विरामी अमी रिसालको स्वास्थ्य उपचारको प्रकृया, उपचारमा देखाउनु पर्ने कुशलता र सम्वेदनशीलताको पक्ष कति सकारात्मक वा कमजोर थियो भन्ने वारे सत्य तथ्य छानविन गरी कारवाहिको लागि सिफारिस समेत गर्न काउन्सिललाई भनिएको थियो ।

स्रोतका अनुसार प्रतिवेदनमा बिरामी रिसाल ग्यास्ट्रोइन्टरटाइटिसु को समस्या लिएर नर्भिकमा उपचारको लागि गए पनि भर्ना भएपनि न्युरो सम्वन्धि समस्या आएको कुरा त्यहाका डाक्टरले पहिचान गर्न ढिलाइ भएको पाइएको स्पष्ट उल्लेख छ ।

उक्त प्रतिवेदन गत साउन ४ गते काउन्सिलका व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा।सतिस कुमार देव को संयोजकत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका, प्राडा अर्जुन कार्की, त्रिवि शिक्षण अस्पतालका प्रा।डा।जगदिशप्रसाद अग्रवाल, मनमोहन कार्डियोभास्कुलर सेन्टरका प्रा।डा।भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका डा।गुणराज लोहनी सम्मलित पाच सदस्यिय छानविन समिति ले दिएका हुन ।

प्रतिवेदन अनुसार बीरामी बेहोस भएर अचेत अवस्थामा भेटिए पछि त्यस्ता विरामीलाइ तत्कालै गर्नु उपचार नगरिएको र सघन उपचारमा समेत पठाइएको पाइएन ।

छानविन समितिका विशेषज्ञहरुले उपचारमा देखिएको त्रुटि समेत प्रतिवेदनमा औल्याएका छन । सिटीस्क्यान पछि बिरामीलाई ुइन्ट्रा कार्नियल ब्लिडिङ्गु, देखिए पछि ुवारफेरियनुको असर कम गर्न उपचार मुल रुपमा ुप्रmेस प्रmोजन प्लाज्माु, हुनु पर्नेमा ुभिटामिन केुमात्र दिइएको प्रतिवेदनमा उल्लेख छ ।

यति मात्र नभइ विज्ञ चिकित्सकहरुले नर्भिक अस्पतालको सेवा प्रणाली, व्यवस्थापनमा देखिएको त्रुटी, कमजोरी हरु समेत प्रतिवेदनमा औल्याएका छन ।

विशेषज्ञ हेरचाह दिने अस्पताल भए पनि नर्भिकमा स्वास्थ्य उपचारको स्पष्ट कार्यविधि(प्रोटोकल  नरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार अस्पतालले चौविसै घन्टा हुनु पर्ने सिटि स्क्यान सेवाको उपलब्धता वारे कर्मचारिले विरामीको आफन्तलाई दिएको जानकारी र अस्पताल व्यवस्थापनले छानविन टोलीलाई दिएको जानकारीमा विरोधाभास देखिएको छ । यस्तै नर्भिकले व्यावसायिक क्षमता र दक्षता भएको व्यक्तिलाई रजिष्टार पदमा राखेको छैन ।

प्रतिवेदन अनुसार नर्भिकमा आफनो जिम्मामा भर्ना भएको विरामीको अवस्था सिकिस्त भएर जाँदा समेत ती चिकित्सकसंग सम्पर्क गर्ने, सोधपुछ संगै तत्काल अनुकल व्यवस्थापन हुने भरपर्दौ प्रणाली स्थापित गरेको छैन ।

ुयो प्रकरणमा बिरामी सिकिस्त भएर जाँदा आफन्तले सोधपुछ गर्दा ‘त डाक्टर की म डाक्टर’ भनेको पाइएको थियो स्रोतले भन्यो ।

प्रतिवेदन अनुसार बिरामीको अवस्था विग्रदै जाँदा समेत चिकित्सकहरु सहानुभुतिपुर्वक प्रस्तुत भएनन भने विरामीको जिज्ञासालाइ शिष्टतापुर्वक सम्वोधन गरिएको पाइएन ।

यति मात्र नभएर विरामीको अवस्था गम्भिर हुदै जाँदा समेत अन्य विशेषज्ञवाट तत्काल देखाउनको लागि विरामी पक्षवाट गरिएको वारम्वारको अनुरोधलाई समेत वास्ता नगरिएको विज्ञहरुले प्रतिवेदनमा उल्लेख गरेका छन ।

ुबिरामी मरणासन्न अवस्थामा पुग्दा समेत बिरामीको शैययामा चिकित्सक आफै उपस्थित भएर गर्नु पर्ने अपेक्षित व्यवहार तथा व्यावसायिक आचरणमा कमी रहेको पाइयो । मुलुक कै ख्याति प्राप्त डाक्टर सम्मलित छानविन समितिको प्रतिवेदनमा भनिएको छ
कान्तिपुरबाट


  •  
  •  
  •