कृषि अनुसन्धान परिषद्‌मा भण्डारी नियुक्त

103
  •  
  •  
  •  

काठमाडौं । कृषि अनुसन्धान परिषद्‌काे  कार्यकारी निर्देशकमा डा.दीपक भण्डारी नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् सदस्यहरुको हेरफर हुनसक्ने बारेमा प्रधानमन्त्रीले विषय उठान नगरेको एक मन्त्रीले जानकारी दिए।

भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारी निर्देशक थिए । ६ महिनाअघि डा.भण्डारीलाई कायममुकायम मुकरर गरिएको थियो । ६ महिनाभन्दा बढी कामु बस्‍न नमिल्ने भएकाले निमित्त बनाइएको थियो । नार्कको उक्त पद तीन वर्षदेखि रिक्त रहेको थियो ।


  •  
  •  
  •