सुनिल नारायणको पनि बलिङ एक्शन नियम विपरित

78
  •  
  •  
  •  

sunil narineकाठमाडौ, १४ असोज(एजेन्सी) : वेष्ट इण्डिजका स्टार स्पिनर सुनिल नारायणको बलिङ एक्शन पनि शंकाको घेरामा आएको छ । सोमबार राती कोलकोत्ता नाइटराइडर्सले डल्फिन्ससँग च्याम्पियन्स लिगमा खेलको खेलका क्रममा फिल्ड अम्पायर अनिल चौधरी, सी शमसुद्दीन र थर्ड अम्पायर कुमार धर्मसेनाले नारायणको बलिङ एक्शनलाई शंकाको घेरामा राखेका छन् ।

कोतकोत्ताका प्रमुख बलर सुनिलले च्याम्पियन्स लिगमा अहिले सम्म खेलेका ४ खेलमा ११ विकेट लिएका छन् । यदी नारायणको एक्शनविरूद्ध एक अर्को रिपोर्ट दर्ता भएका उनले च्याम्पियन्स लिगमा बलिङ गर्न पाउनेछैनन् । उनको ‘क्विकर बल’लाई शंकाको घेरामा राखिएको छ । अम्पायरद्धारा दायर गरिएको रिपोर्टमा उक्त बल फ्याक्ने क्रममा सुनिलको हातको घूमाई नियम विपरित भएको बताइएको छ ।

यस्तै, केही समयअघिमात्र पाकिस्तानका नम्बर एक स्पिनर सइद अजमललाई बलिङ एक्शन नियम विपरित भएको भन्दै प्रतिबन्ध लगाएको छ भने पाकिस्तानका अलराउण्डर मोहम्मद हफिजमाथी पनि बलिङ एक्शनलाई लिएर रिपोर्ट दर्ता भएको छ । यदी यस्तै, अर्को रिपोर्ट दर्ता भए सुनिल नारायण र मोहम्मद हफिजले समेत च्याम्पियन्स लिग खेल्न पाउनेछैनन् ।


  •  
  •  
  •