‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक

184
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बनेको चलचित्र ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक लगाइएको छ ।

भारतमा बिहिबारदेखि लोकसभा निर्वाचन हुँदैछ । समाचार एजेन्सी एएनआइका अनुसार भारतको निर्वाचन आयोगले बायोपिक ‘पिएक नरेन्द्र मोदी’ प्रदर्शनमा रोक लगाएको हो ।

यस चलचित्रले वर्तमान समयमा निर्वाचन आदर्श आचार संहिता प्रभावित गर्ने जनाइएको छ । मोदीको बायोपिक निर्माण घोषणा भएदेखि नै विवाद उब्जेको थियो । चुनावमा मोदीको प्रचार हथकण्डाका रुपमा फिल्म निर्माण गरिएको आलोचकहरुले बताउँदै आएका छन् । साथै फिल्मको ट्रेलरमा देखाइएका केही दृष्य पनि विवादमा छन् ।

यस फिल्मलाई रोक लगाउन सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
मंगलबार भएको सुनवाईका क्रममा अदालतले अहिलेसम्म फिल्मले सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएको भन्दै यसमा हस्तक्षेप गर्नु हतारो हुने जनाएको छ ।

अदालतले भनेको छ, ‘यदि पीएम नरेन्द्र मोदी ११ अप्रिलमा रिलिज भयो भने यसमा के गर्ने भनेर निर्वाचन आयोगले निर्णय गर्नेछ । फिल्मले निर्वाचन आचार संहिता उल्लंघन गरे–नगरेको हेर्ने उसको जिम्मेवारी हो ।’
‘पीएम नरेन्द्र मोदी’ को घोषणा गर्न जनवरीमा मात्र भएको थियो । यो फिल्म केवल ३९ दिनमा हतारहतार तयार गरिएको छ ।

एजेन्सी


  •  
  •  
  •