नरेन्द्र मोदीका नेपाली ‘धर्मपुत्र’

257
  •  
  •  
  •  

काठमाडौं, ३० असार । नेकपा एमालेको नवौँँ महाधिवेशन उद्घाटन कार्यक्रममा काठमाडौँ आइपुगेका भारतीय जनता पार्टीका उपाध्यक्ष विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक नेपालीसँगको सम्बन्धबारे अनौठो खुलासा गरे ।

२० असारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गुजरातको मुख्यमन्त्री हुनुअगावैदेखि मोदीले ती नेपालीलाई निकटको सहयोगी बनाएको र उनले मोदीको जीवनमा महाभारतकालीन अर्जुनको भूमिका निर्वाह गरिरहेको बताएका थिए । “उनी बाल्यकालमै नेपालबाट भारत गएका हुन् र अहिले पनि मोदीजीसँगै छन्,” जोली भन्दै थिए । तर, उनले ती नेपालीको नाम, तिनको काम र मोदीसँगको घनिष्टताबारे विस्तृतमा केही खुलाएनन् ।

को होलान् त नरेन्द्र मोदीसँग त्यति निकटमा रहेका नेपाली ? कुनै राजनीतिक पार्टीका कार्यकर्ता, कुनै धार्मिक संघसंस्थाका सदस्य या घरेलु कामदारका रूपमा बसिरहेकामध्ये कोही ? यी कुनै पनि अनुमान मिल्दैनन्। ती  नेपाली युवक हुन्, नवलपरासीको कावासोती-१ का जितबहादुर सारुमगर, २७।

आर्थिक रूपले विपन्न परविारका सदस्य जितबहादुर कामकै सिलसिलामा १० वर्षकै उमेरमा भारत गएका हुन्। काम गर्ने ठाउँ परविर्तन गर्दै जाँदा गुजरातको मुख्यमन्त्री पनि भइनसकेका मोदीको सामीप्यमा पुगेपछि उनको जीवनमा कायापलट भइदियो। अहिले भारतको प्रधानमन्त्री भइसकेका मोदीसँग रगतको नाताका नभए पनि जितबहादुर कुनै हिसाबले पनि पुत्रभन्दा कम लाग्दैनन्, धर्मपुत्रजत्तिकै छन्। परविारको सदस्यसरह जितबहादुरको लालनपालन र स्कुले शिक्षा मोदीकै संरक्षकत्वमा भयो, अहिले उनैको अभिभावकत्वमा उच्च शिक्षा पाइरहेका छन्।

परासीदेखि अहमदावादसम्म

अति विपन्न सुकुमबासी परविारका १० वषर्ीय जितबहादुरलाई उनका दाजु दशरथ सारुमगरले ०५५ सालमा भारतको राजधानी नयाँदिल्लीमा आफूले काम गर्ने अमरजित नामका साहूको घरमा पुर्‍याए। त्यहाँ दुई दिन बसेपछि जितबहादुरलाई अमरजितले राजस्थानमा रहेको आफ्नो ससुराली घरमा काम गर्न पठाइदिए। कलिलोे भाइलाई एक्लै अन्तै पठाउनुपर्दा दाजुको मन कम्ती भक्कानिएन। तर, नियति त्यही थियो, दाजुभाइ छुट्टनिै पर्‍यो।

दशरथ त्यतिबेला मासिक पाँच सय भारतीय रुपियाँमा अमरजितको घरमा काम गर्थे। भाइको तलब उनलाई थाहै भएन। तिनताक नवलपरासीको देउराली गाविस-३, गिरुबारीमा उनीहरूको छाप्रे घर थियो। जितबहादुर दाजुभाइले घर छाड्दा बहिनी भर्खरै जन्मिएकी थिइन् भने आमा खेगीसराचाहिँ गर्भवती थिइन्।

साँझ-बिहान हातमुख जोर्ने हैसियत नभएका उनीहरूका बाबु चूडामणि धामीझाँक्रीको काम गर्थे। आफैँ रोगी भएकाले गरबिीबाट उम्किने उपाय खोजिरहँदा दशरथलाई आफन्तले दिल्लीमा लगेर काम लगाइदिएका थिए। “घरमा बाबा सधैँ बिरामी, आमा एक्लीको कमाइले खान पुग्दैनथ्यो,” कावासोतीको एक घरमा सिकर्मीको काम गररिहेका जितबहादुरका दाजु दशरथ भन्छन्, “भाइ पाल्ने जिम्मा मेरो काँधमा आयो र उसलाई दिल्ली पुर्‍याएँ।”

दुई वर्षपछि बाबु बितेको खबर पुगेपछि दाजु दशरथ घर आए। बर्सेनि तीन बहिनी जन्मिसकेका रहेछन्। एक्लै घर पुगेपछि आमाको खप्की खाए, भाइलाई किन नल्याएको भनेर। आफू मात्र भएकाले बाबुको काजकिरयिा गर्न नपाएपछि दशरथ भाइलाई लिन फेर िदिल्ली गए। आफ्ना साहू अमरजितसँग राजस्थानस्थित उनको ससुरालीमा काम गर्न पठाएको भाइलाई फर्काइदिन अनुरोध गरे। जवाफमा अमरजितले जितबहादुर आफ्नो ससुरालीमा नभएको, भागेर अन्तै कतै गएको बताएछन्। “मन त कति भक्कानियो, भक्कानियो,” उनी सम्झन्छन्, “दिल्ली पुग्दा भाइ छैन, उता घरमा बाबा छैनन्। अनि, आमा र बहिनीहरूले खाने अन्न पनि छैन।” भाइलाई नभेटी दिल्लीबाट रत्तिो हात घर फर्किंदासम्म आमाले अरूसँगै बिहे गरसिकेकी थिइन्।

आफू दिल्लीमा छँदा भाइसँग दुई-चारपल्ट फोनमा कुरा भएको दशरथ सम्झन्छन्। ‘मेरो साहूको ढोका त एकदम ठूलो छ, खोल्यो भने साहू कराउँछ, मिल्यो भने त अन्तै काम गर्न जान्छु’ भन्ने भाइको स्वर उनको कानमा गुन्जिरह्यो वर्षौंसम्म। गाउँलेहरूले पनि ‘भाइलाई कता पुर्‍यायो कता’ भनेर   टोकसिरहे उनलाई।

उता जितबहादुर भने राजस्थानमा अमरजितको ससुरालीबाट रातको मौका पारेर ढोका नखोली पर्खाल नाघेर घर फर्किन रेलवे स्टेसन आए। लेखपढ गर्न नजान्ने उनी गोरखपुर जान भनेर चढेको रेल त मुम्बई जाने परेछ। यो कुरा जितबहादुर स्वयंले करबि डेढ दशकपछि नेपालमा परविारसँगको पुनःमिलनपछि दाजु दशरथलाई

बताएका हुन्।

त्यसरी रेलमा हिँडेका जितबहादुरको आडैमा एक महिला थिइन्। तिनीसँग उनको परचिय भयो। तिनले जितबहादुरको चासो राखिन् र घरमा लगिन्। चञ्चले स्वभावका जितबहादुर त्यहाँ पनि धेेरै दिन टिकेनन्। र, बेलगाम हिँड्दा हिँड्दै पुगेछन्, गुजरातको अहमदावादस्थित नरेन्द्र मोदीको निवासमा।

आजका जितबहादुर

आफ्नो सम्पर्कमा आएदेखि नै जितबहादुरलाई नरेन्द्र मोदी औधी प्रेम गर्थे। त्यही भएर त उनले मोदी परविारको सदस्यजस्तै भएर हुर्कने र बढ्ने मौका पाए। मोदीले उनको शिक्षामा कुनै कसर बाँकी राखेनन्। उनलाई अहमदावादकै चुनिएको संस्कारधाम विद्यालयमा भर्ना गरयिो। जितबहादुरले विद्यालय शिक्षा त्यहीँबाट पूरा गरे। अहिले उनी अहमदावादकै राई विश्वविद्यालयमा बीबीए तेस्रो वर्षमा अध्ययनरत छन्।

मोदी परविारको संगतमा जितबहादुरले करबि डेढ दशक बिताइसकेका छन्। उनी भारत गएकै पनि १६ वर्ष पुगिसकेको छ। त्यही कारण हुनुपर्छ, न उनी नेपाली राम्ररी बोल्न सक्छन्, न त आफ्नो मातृभाषा नै। नेपाली अलिअलि बुझ्छन् तर जवाफ हिन्दीमै फर्काउँछन्। यसबाहेक गुजराती र अंग्रेजी भाषामा उनको दक्खल छ।

धेरैपटक सम्पर्क गर्दा पनि बोल्न नचाहेका जितबहादुर २६ असारमा भने नेपालसँगको टेलिफोन संवादमा थोरै मात्र खुले। उनले मोदीले आफूलाई जितबहादुर भनेर बोलाउने र आफूले ‘साहब’ भन्ने गरेको सुनाए। होस्टलमा बसेर बीबीए पढिरहेका उनी एमबीए अध्ययन गर्न चाहन्छन्। भन्छन्, “एमबीएपछिचाहिँ साहब जे भन्नुहुन्छ, त्यही गर्छु।” आफ्नो भविष्य ‘साहबले भने अनुसार नै हुने’

उनको भनाइ छ।

मोदीसँग उनको घनिष्टता कतिसम्म छ भन्ने कुरा स्वयं उनकै भनाइबाटै प्रस्ट हुन्छ। भन्छन्, “कलेज बिदा भएको जानकारी कर्मचारीहरूबाट पाउनासाथ बिदा मनाउन कता जाने, कोसँग जाने, कति दिन जाने भन्नेजस्ता सबै कुरा उहाँकै निर्देशन अनुसार हुन्छ।” मोदी प्रधानमन्त्री भइसकेपछि भने उनको भेट भएको रहेनछ। भन्छन्, ”साहेब दिल्लीमा हुनुहुन्छ, म यता होस्टलमा छु। कहिले भेट हुन्छ, थाहा छैन।” आफ्ना सबै जानकारी मोदीलाई भएको र उनले जे भन्छन्, त्यही गर्ने गरेको उनी सुनाउँछन्। आफ्ना अभिभावक मोदीका आनीबानी र जीवनका बारेमा चाहिँ उनले टिप्पणी गर्न चाहेनन्। यति मात्र भने, “साहबसँग सोध्छु, अनि मात्र अरू कुरा बोलौँला।”

परिवारसँग पुनःमिलन

१० वर्षको उमेरमा काम गर्न भारत हिँडेका जितबहादुर १३ वर्षसम्म परविारको सम्पर्कमा थिएनन्। उनलाई आफ्नो घरठाउँका बारेमा जानकारीचाहिँ थियो तर परविारका बारेमा केही थाहा थिएन। आफ्नो घर-परविारका बारेमा उनले मोदीसँग धेरैपटक कुराकानी गरेका थिए। र, मोदीले पनि उनलाई परविारसँग पुनःमिलन गराइदिने वचन दिएका थिए। अढाई वर्षअघि गुजरातका मुख्यमन्त्री रहेका मोदी नेपाल उद्योग परसिंघ -सीएनआई)को निम्तोमा नेपाल आउने कार्यक्रम बनेको थियो। यद्यपि, पछि उनको त्यो कार्यक्रम रद्द हुन पुग्यो। उक्त कार्यक्रम बन्ने बेलामा नै मोदीले नेपाल उद्योग परसिंघ -सीएनआई)का तत्कालीन अध्यक्ष एवं उद्योगपति विनोद चौधरीलाई जितबहादुरको परविार पत्ता लगाइदिन अनुरोध गरसिकेका थिए। र, चौधरीकै सहयोगमा उनको परविार पत्ता लागेको र पुनःमिलन सम्भव भएको थियो ।

तत्कालीन मुख्यमन्त्री मोदीका निजी सचिवले ‘जितबहादुरको घर नवलपरासीमा पर्छ र उसले सानो छँदा चोरमारा भन्थ्यो’ भनेका आधारमा विनोद चौधरीका कर्मचारी रामचन्द्र धितालले चोरमाराबाट उनको परविारको खोजी सुरु गरेका थिए। गाउँमा खुट्टाका औँला जोडिएका र हाँस्दा गालामा खाल्टा पर्ने जितबहादुरको कुरा गर्नासाथ उनका बालसखा र गाउँलेहरूले उनी हराएको कुरा सम्झिए । त्यहीँबाट उनको परविारका बारेमा पत्तो लागेको थियो।

त्यही बेला जितबहादुरको परविार त्यहाँबाट विरक्तिएर नवलपरासी शिवमन्दिर गाविस-४ स्थित लोकाहा -हाल कावासोती नगरपालिका-१ मा बसाइँ सरेको पनि पत्तो लाग्यो।  उनका दाजु दशरथको सुकुमबासी बस्तीमा रहेको घर फेला पर्‍यो। त्यसपछि धिताल लागे, जितबहादुरलाई परविारसँग मिलन गराउन।

धितालले इलाका प्रशासनबाट उनीहरूको नाता प्रमाणित गरििदए र २८ जेठ ०४४ मा जितबहादुर जन्मेको प्रमाणपत्र बनाएर कुरअिरमार्फत पठाइदिए। प्रमाणपत्र पाएपछि जितबहादुर दिल्लीमा रहेका आफ्ना भिनाजुसँग असार ०६८ मा पहिलोपटक नेपाल आए। त्यस बेला एक महिना घर बस्दा जितबहादुर कहीँकतै गएनन्। एकपटक हप्ता दिनका लागि भारत गए। र्फकंदा आमा र बहिनीलाई साडी ल्याइदिएका थिए।

दोस्रोपटक उनले ०६९ को तिहारमा आएर टीका लगाए। त्यस बखतचाहिँ तीनवटै बहिनीलाई एक-एक सय भारु दक्षिणा दिएको माहिली बहिनी प्रेमकुमारी सुनाउँछिन्। त्यसपछि भने पढाइ कडा भएको र होस्टल छाड्ने अनुमति नपाएको भन्दै घर आएका छैनन्।

पहिलोपटक करबि एक महिना आफ्नो घरमा बस्दा उनी आमा, तीनवटी बहिनी, दाजु-भाउजू र भतिजाभतिजीहरूसँग खुब रत्तिए। दाइलाई पहिलोपटक भेट्दा उनका बहिनीहरू निकै बेर हर्षले रोए। दाजु-भाउजू पनि कम्ती भावुक भएनन्।

आमाको त झन् कुरै भएन। अर्को घरजम गरेर सुकुमबासी बस्तीमा घर बनाएर बसेकी आमाले जितबहादुरलाई घरमै लगेर खाना खुवाइन्। भन्छिन्, “छोराको मुख देखेपछि यत्ति खुसी लाग्यो कि मलाई रोगले पनि छोड्यो।” उनलाई जितबहादुर भारतमा छन् भन्नेसम्म थाहा छ, कहाँ, कसको संरक्षण र कस्तो अवस्थामा छन् भन्नेचाहिँ कुनै जानकारी छैन। न त नरेन्द्र मोदीका बारेमा नै उनले सुनेकी छन्। यति मात्र भन्छिन्, “भारतको एकदम राम्रो घरमा पालेको छ रे !”

(नेपाल साप्ताहिकबाट साभार) 


  •  
  •  
  •  

Comments are closed.